ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

सदरमुकाम फुङलिङमा आज प्रवर्द्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्ले पाटीदेखि पाथीभरा धाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।

आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताए ।

पाथीभरा क्षेत्रको काफ्ले पाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । रु तीन अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले बताए ।

केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिक सहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकाससँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताए । प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले केबुलकार जस्ता ठूला परियोजनाले विकासमा फड्को मार्ने विषयसँगै स्थानीयवासीलाई धेरै लाभ मिल्ने बताए । साम्सोहाङले नीतिगत व्यवस्थालाई प्राथमिकता दिँदै परियोजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने धारणा राखे ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पनि स्थानीय सरोकारवालाको सुझावलाई आत्मसाथ गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताए । स्थानीय समुदायको माग, संस्कार, संस्कृति र सभ्यतासहित सामाजिक परिवेशलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धिलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्नेमा जोड दिए । उनले केबुलकार परियोजना कार्यान्वयन गर्दा प्रवर्द्धक कम्पनीले जिल्लाको पर्यटन विकासका लागि अन्य पूर्वाधारसहितका योजनालाई पनि अघि सार्नुपर्ने धारणा राखे ।

सांस्कृतिक मान्यतामा थोरै प्रभाव पर्ने भए पनि समग्रमा जिल्लाको पर्यटन विकास, आम्दानी वृद्धिसँगै प्रत्यक्षरूपमा फाइदा पुग्ने भएकाले केबुलकार परियोजना कार्यान्वयनमा सहयोग गर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले सरोकारवाला सबैसँग अनुरोध गरे । हाल पाथीभरामा वार्षिक तीनदेखि पाँच लाखसम्म धार्मिक पर्यटक आउने गरेका छन् भने केबुलकार निर्माण भएमा दोब्बर÷तेब्बरले वृद्धि हुने आकलन गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago