राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यको साथ देखिएन ।
काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे । तर, राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् । उनीहरुले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् ।
राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ ।
पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो । यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहेका राजाराम बर्तौलाको पनि साथ अध्यक्ष थापाले पाएका छैनन् ।
हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामध्ये हिन्दु राष्ट्रको एजेण्डा बोकेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न गएका थापालाई आफ्नै पारिवारिक सदस्यको साथ नरहेको देखिएको हो ।
राप्रपा नेपाललाई आफ्नै पुरानो घर दाबी गरेका थापाले गठन गरेको राप्रपा नेपाल २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । तर, अहिले थापा गएको राप्रपा नेपाल लाक्पा शेर्पाले गठन गरेका हुन् । शेर्पाले अध्यक्षबाट राजीनामा दिएर थापालाई नेतृत्व सुम्पिएका हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…