मदन भण्डारी लोकमार्ग’का पुलहरुमा एप्रोच सडक कालोपत्रे गर्ने

काठमाडौं: निर्माणाधीन राष्ट्रिय गौरबको आयोजना ‘मदन भण्डारी लोकमार्ग’का पुलहरुमा एप्रोच सडक (पुल अगाडि र पछाडि) कालोपत्रे गर्ने काम सुरु भएको छ। पछिल्लो एकवर्षयता बनिसकेका पुल एप्रोचमा कालोपत्रे नहुँदा सवारी दुर्घटना बढेको जनगुनासो व्यापक भएपछि निर्माण कम्पनीले कालोपत्रेको काम अघि बढाएको हो।

जस अनुसार सदरमुकाम गाईघाटदेखि कटारीसम्मको दूरीमा निर्मित झण्डै दर्जन पुल एप्रोचमा कालोपत्रे गर्ने काम सुरु भएको मदन भण्डारी लोमकार्ग कार्यालय गाईधाटले जनाएको छ। आयोजना प्रम्ुख (डिई) गोपाल खकुरेललले एकवर्षअघि निर्माण सकिएका सबै पुलको एप्रोच सडक कालोपत्रे गर्ने काम धमाधम भईरहेको बताए। एप्रोच सडक कालोपत्रे नहुँदा दिनहुँजसो सवारी दुर्घटना भएर जनधनको क्षति पुगेपछि तत्काल काम अघि बढाउन ६ महिनाअघि नै कार्यालयले निर्माण कम्पनीलाई ताकेता गरेको थियो।

कार्यालयको निर्देशन अनुसार निर्माण कम्पनीले गाईघाटदेखि पूर्र्व बसाहासम्म र पश्चिमतर्फ कटारीसम्मको खण्डमा बनेका दर्जन हाराहारी पुल एप्रोच सडकमा कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको खकुरेलले बताए। लोकमार्ग कालोपत्रेको क्रममा निर्माण पुरा नभएका पुल एप्रोच २ सयदेखि ५ सय मिटरसम्म सडक कालोपत्रे गर्न नपाइने प्रावधान छ। सोही अनुसार गाईघाट–बसाहा र गाईघाट–कटारी खण्ड सडक कालोपत्रने गर्ने क्रममा निर्माण हुन बाँकी भएर अहिले सम्पन्न भईसकेका पुल एप्रोच खण्डमा कालोपत्रे गर्न लागिएको हो।

एप्रोच कालोपत्र्रेका लागि त्यसअघि गर्नुपर्ने पूर्वतयारीको काम सबै पुलहरुमा भईरहेको खकुरेलले बताए। माटो पुर्ने, ग्राबेल भर्ने, खाँद्ने, मोड सुधार र ग्यावियन वाल लगाउतेजस्ता पूर्वाधार तयार भईसकेकाले छिट्टै कालोपत्रे हुने उनको भनाई छ। उनले बनिसकेका ११÷१२ पुलको एप्रोच कालोपत्रे गर्न धमाधम पूर्वाधारको काम भईरहेको बताए। खकुरेलले एप्रोच सडक कालोपत्रे नभएकाले बारम्बार दुर्घटना भईरहेको हुँदा तत्काल कालोपत्रे गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

चौदण्डीगढी नगरपालिका ४ को बसाहादेखि बेलटार, गाईघाट नेपालटार हुँदै कटारीसम्म बनिसकेका दर्जन पुलको एप्रोच कालोपत्रे यही चैतभित्र भईसक्ने उनको अनुमान छ। गाईघाटभन्दा पश्चिमतर्फ गाईघाट–कटारी खण्डका सरस्वती, शाही, होक्से, वैजनाथ– १, वैजनाथ–२, भोर्ले, सोमबारे र तावा खोला पुल एप्रोचमा कालोपत्रे गर्नका लागि काम अन्तिम तयारीमा पुगेको छ।

उता गाईघाटभन्दा पूर्वतर्फ भातजोर, देवधार र झोडापाटा खोला पुलमा पनि एप्रोच कालोपत्रे गर्न लागिएको उनले बताए। जेवीका परियोजना प्रवन्धक (पिएम) द्रोण आचार्यले पुल एप्रोचको कालोपत्रे गर्ने काम गत मंंसिर दोस्रो सातादेखि नै सुरु गरेको बताए। बसाहादेखि सिन्धुलीसम्मकै बनिसकेका पुल एप्रोचमा कालोपत्रे गर्ने काम एकैचोटी थालिएको उनले बताए। गतवर्षदेखि नै एप्रोच सडकमा कालोपत्रे गर्ने भनिए पनि कोविडका कारण रोकिएको काम वर्षाले गर्दा भदौसम्म अघि बढाउन नसकिएको उनले बताए। त्यसपछि दसैं, तिहार र छठले गर्दा फेरि दुई महिना काम गर्न नसकेकाले मंसिरदेखि काम थालिएको आचार्यको भनाई छ।

आचार्यका अनुसार ढिलोमा चैत मसान्तभित्रमा सबै पुल एप्रोच सडक कालोपत्रे भईसक्ने छ। सबै पुलमा कालोपत्रे गर्नेगरी आवश्यक पूर्व तयारी सकिइकाले सकेसम्म फागुन दोस्रो सातादेखि पहिलो चरणको कालोपत्रे (प्रिपिच) सुरु हुने उनले बताए। बसाहा–गाईघाट–नेपालटार–कटारीसँगै कटारी–सिन्धुली–हेटौंडा खण्डका पुल एप्रोच पनि कालोपत्रे गर्ने जेवीको योजना रहेको पिएम आचार्यले बताए।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago