नेकपा(एस)को मध्यमार्गी बाटो , संसद्‌मा एमसीसी टेबल गर्न दिने

काठमाडौँ: सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी यथास्थितमै पारित गर्न भने नसकिने निष्कर्ष निकालेको छ ।

शनिबार भएको स्थायी कमिटीको बैठकमा सम्झौतालाई संसद्‌मा टेबल गर्न सकारात्मक रहेपनि संशोधन बिना त्यसको पक्षमा पार्टी उभिन नसक्‍ने स्पष्ट पारेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीसँग सम्बन्धित बुँदागत रुपमा जानकारी गराएका थिए । बैठक पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको विषयमा धारणा राखेका थिए । बैठकमा स्थायी कमिटीका सदस्यहरुले गठबन्धनलाई जोगाउनु पर्ने धारणा राखेका थिए ।

एमसीसीबारे अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका मुख्य बुँदाहरु यस्ता छन्ः

1.असंलग्न परराष्ट्र नीति प्रतिवद्ध रहने,
2. कुनै पनि सेना र सुरक्षा नीतिको अंग हुन सक्दैनौं,
3.छिमेकी देशको सुरक्षामा असर पार्ने कुनै पनि काम गर्न दिँदैनौ र कसैको पक्ष वा विपक्षमा प्रयोग हुँदैनौं,
4.नेपाली भूमी हुने सबै कार्यमा नेपालको अधिकार सुरक्षित रहन्छ,
5.नेपालभित्रको आयोजनाको रोजगारीमा नेपालीको प्राथमिकता रहन्छ ।
6.नेपालमा उत्पादन भएको विषयको वौद्धिक सम्पत्तिमाथि नेपालको अधिकार रहन्छ ।
7.कानुन लागू हुने विषयमा प्रचलित अभ्यास नै लागू हुन्छ ।
8.कर लगायतको छुट विदेशीहरुलाई दिन सकिदैन । उन्मुक्ति दिन सक्दैनौं ।
9.एमसीसीलाई आर्थिक सहयोगको रुपमा स्वीकार गर्दा पनि यथास्थितमै त्यसलाई स्वीकार गर्न गाह्रो छ।
10.यसलाई संशोधन गर्ने अधिकार सदनलाई हुनुपर्ने

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago