तीनै तहको चुनावमा गठबन्धन गर्नेबारे छलफल,देउवा, दाहाल र नेपालबीच भेटवार्ता,

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो।

बिहीबार दिउँसो सत्ता सञ्चालन समन्वयन समितिको बैठक स्थगित गरेर नेताहरु छलफलमा जुटेका हुन्। स्रोतका अनुसार नेताहरुबीच तीनै तहको चुनावमा गठबन्धन गरेर साझा उम्मेदवार बनाउने विषयमा समेत कुराकानी भएको छ।

दाहालले औपचारिक रुपमै स्थानीय तहको चुनाव कात्तिक मंसिरमा गरेर वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन्। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी भएको बैठकमा दाहालको उक्त प्रस्तावबारे पनि छलफल भएको थियो।

कांग्रेसमा चुनावी गठबन्धन गर्न नहुने मत बलियो भए पनि दाहाल र नेपालले देउवालाई गठबन्धन कायमै राखेर तीन तहको चुनावमा सहमतिका साथ जानुपर्नेमा ‘कन्भिन्स’ गरिरहेका छन्। नेताहरुबीच समन्वय समितिको बैठक लगत्तै राख्ने सहमति भएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago