काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको हो।
बिहीबार दिउँसो सत्ता सञ्चालन समन्वयन समितिको बैठक स्थगित गरेर नेताहरु छलफलमा जुटेका हुन्। स्रोतका अनुसार नेताहरुबीच तीनै तहको चुनावमा गठबन्धन गरेर साझा उम्मेदवार बनाउने विषयमा समेत कुराकानी भएको छ।
दाहालले औपचारिक रुपमै स्थानीय तहको चुनाव कात्तिक मंसिरमा गरेर वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन्। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी भएको बैठकमा दाहालको उक्त प्रस्तावबारे पनि छलफल भएको थियो।
कांग्रेसमा चुनावी गठबन्धन गर्न नहुने मत बलियो भए पनि दाहाल र नेपालले देउवालाई गठबन्धन कायमै राखेर तीन तहको चुनावमा सहमतिका साथ जानुपर्नेमा ‘कन्भिन्स’ गरिरहेका छन्। नेताहरुबीच समन्वय समितिको बैठक लगत्तै राख्ने सहमति भएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…