काठमाडौँ । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आह्वान गरेको ठेक्कामा सहभागी ९मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हो ।
छनोट भएको कम्पनीमाथि अब अन्यले दावी विरोध पेश गर्न सक्नेछन् । दावी विरोध नभएमा कम्पनीसँग खरिद सम्झौता हुने केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।
केन्द्रले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा ठेक्का आहृवान गरेको थियो । आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको हो ।
कम्पनीले इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यो परियोजना तयार गर्नेछ ।अर्थात् ठेकदारले नै ड्रोइङ र डिजाइनिङको काम गर्नेछ । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको थियो ।
चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको ¥याम्प बनाउनुपर्नेछ ।
ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…