नेप्से ३८.३५ अंकले वृद्धि ,नेप्से बलियो सपोर्ट नजिक

आज बुधबारको दिन नेप्से ३८.३५ अंकले घटेर बन्द भएको छ। हिजो स्पिनिङ्ग टप क्यान्डल बनाएर १० अंकको हाराहारीले घट्दै बन्द भएको नेप्सेमा आज वियरिस मारुबोजु क्यान्डल बनेको छ। बियरिस मारुबोजु क्यान्डलले बजारमा उच्च बिक्रि चाप रहेको संकेत गर्दछ।  यो आलेखमा हामी नेप्सेको डेली र १ घन्टे चार्ट हेर्दा अहिलेको नेप्सेको अवस्था कस्तो छ र आगामी दिनमा बजारको यात्रा कतातार्फको हुन सक्छ भन्ने कुरालाई प्रस्तुत गर्नेछौं।

सपोर्टको बिन्दु कुन ? 

हिजोको विश्लेषणमा हामीले नेप्से २७०५ तिरको बिन्दुमा पहिलो सपोर्ट रहेको र त्यसलाई ब्रेक गरेको खण्डमा २८७० देखि २८५५ को एरियामा महत्वपूर्ण सपोर्ट रहेको बताएका थियौं । आज नेप्से घट्ने क्रममा २८८७ को बिन्दुसम्म आएर बढ्दै अन्तिममा २८९८.३१ को बिन्दुमा क्लोज भएको छ। पहिलो सपोर्टको एरिया २७०५ लाई ब्रेक गरिसकेपछि अब नेप्सेले २८७० देखि २८५५ को एरियामा कस्तो रियाक्ट गर्छ भन्ने कुरा हेर्नु आवश्यक छ। यदि नेप्सेले  २८५५ को बिन्दुभन्दा पनि तल क्लोजिङ्ग दियो भने बजार अझै तल झरेर जानसक्ने सम्भावना रहन्छ ।

अरु विशेष के देखिए बजारमा ? 

आज बजारमा ६ अर्ब २ करोडको कारोबार भयो। विगत केहि दिनदेखि बजारमा ८ अर्ब भन्दा धेरैको कारोबार हुँदै आएको थियो। बजार घट्दा कम कारोबार हुनुले बजारमा सेलिङ्ग प्रेसर खासै नरहेको संकेत गर्दछ।

१ घन्टे चार्टमा हेर्दा अन्तिम घन्टामा इन्भर्टेड ह्यामर क्यान्डल बनेको छ। लगातार ६ वटा रातो क्यान्डल बनिसकेपछि बनेको इन्भर्टेड ह्यामर क्यान्डलले विशेष अर्थ राख्दछ। यसले डाउन ट्रेन्ड सकिएर नेप्से अप ट्रेन्ड तर्फ लाग्न सक्ने संकेत गर्दछ । अर्को महत्वपुर्ण कुरा भनेको नेप्से २२६० बाट बढ्दै गर्दा बनेका सपोर्टका बिन्दुहरुलाई जोडेर ट्रेन्डलाइन खिच्दा २८७० को बिन्दुमा ट्रेन्डलाइन सपोर्ट रहेको छ।  यसअघि ग्याप अप ओपनिङ्ग भएको एरिया पनि २८७० देखि २८५५ को बिन्दुतिर पर्ने भएकाले १ घन्टे चार्टमा हेर्दा २८७० देखि २८५५ को एरिया विशेष एरिया रहनेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago