गोल्डेन बुट पाएका विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी

काठमाडौं । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो । दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए । उनले ८०औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए ।

३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो । तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए ।

पेनाल्टी शुटआउटमा फ्रान्सका दुई खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी रह्यो । विश्वकपमा ८ गोल गरी एम्बाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन् ।

चार वर्षअघि फ्रान्सलाई विश्वकप जिताउन निर्णायक प्रदर्शन गरेका एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन् ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago