नेपाल एयरलाइन्सको जहाजबाट फर्काइएका ६० जना यात्रुको आज दोहा प्रस्थान

प्रकाश पाण्डे ,काठमाडौं । नेपाल एयरलाइन्सको जहाजबाट बिहीबार राति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइए पछि नेपाल नागरिक उडड्यन प्राधिकरण घेर्न पुगेका थिए ।

बिहीबार राति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन शुक्रबार नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका थिए ।

झापाका यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा थियो तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको सिवाकोटी बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटल पुजामा लगेर राखेको छ ।

उनका अनुसार बिहीबार राति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटल पुजा मा लगेको सिवाकोटीले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै ६० जना यात्रु विरोध जनाएका थिए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।एक महिना अघि टिकट काटेका करिब ६० जना यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई प्राधिकरणले वार्तामा बोलाए लगत्तै नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलले नेपाल एयरलाइन्स लाई कमीकमजोरी  नगर्न पत्राचार गरिसकेको छ I


Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago