प्रकाश पाण्डे ,काठमाडौं । नेपाल एयरलाइन्सको जहाजबाट बिहीबार राति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइए पछि नेपाल नागरिक उडड्यन प्राधिकरण घेर्न पुगेका थिए ।
बिहीबार राति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन शुक्रबार नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका थिए ।
झापाका यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा थियो तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको सिवाकोटी बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटल पुजामा लगेर राखेको छ ।
उनका अनुसार बिहीबार राति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटल पुजा मा लगेको सिवाकोटीले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै ६० जना यात्रु विरोध जनाएका थिए ।
लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।एक महिना अघि टिकट काटेका करिब ६० जना यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई प्राधिकरणले वार्तामा बोलाए लगत्तै नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलले नेपाल एयरलाइन्स लाई कमीकमजोरी नगर्न पत्राचार गरिसकेको छ I
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…