रातभर जाग्राम, शनिबार भगवती रथ यात्रा

नेपाल्को जितगढी मात्र नेपाली फौजले विजयी हाँसिल गरेको खुशीयालीमा कर्णेल उजिरसिंहले भगवतीको मन्दिर बनाएर भगवती रथयात्रा (सिन्दूर जात्रा) सुरू भएको हो ।
पाल्पा, ३ भदौ ।
ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवती रथयात्रा (जात्रा) गरिदै छ । कृष्णजन्मस्टमीको भोलिपल्ट भाद्र ४ गते शनिबार भगवती जात्रा मनाईँदै छ । वि.सं. १८७१ मा नेपाल अंग्रेज युद्धमा नेपाली फैजले अंग्रेजलाई हराएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथको प्रतिमूर्ती निकालि सिन्दूरजात्रा गर्ने प्रचलन रहेको छ ।

श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेनमा सिन्दूरजात्रा निकाल्ने परम्परा रहि आएको छ । भगवती रथयात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ती घुमाएर खट्यात्रा गर्ने प्रचलन रहेकोे छ ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले अंग्रेजफौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवतीको रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईन्छ ।

जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ । तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गरिन्छ । शक्तिशाली अंग्रेज सेनालाई युद्धमा जितेको सम्झनामा वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको थियो । रथयात्रा तानसेनका सबै चोकहरुमा पुर्‍याई पूनः मूर्ती मन्दिरमै फर्काइने गरिन्छ ।

जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी र्‍याली प्रदर्शन गर्ने परम्परा रहि आएको छ । जात्राको अघिल्लो दिन श्रीकृष्णाष्टमीको रातभरि जाग्राम बसेर भगवतीको महिमा गाईन्छ । राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । जिल्ला सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो ।

नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्री रणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग पनि छ । कुमाउ – गडवाल, मकवानपुर गढी, कोशी – टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । ती मध्ये जीतगढीमा मात्र नेपाली फौजले विजयी हाँसिल गरेको खुशीयालीमा कर्णेल उजिरसिंहले भगवतीको मन्दिर बनाएर भगवती रथयात्रा (सिन्दूर जात्रा) सुरू गराएका हुन् ।

भगवतीको रथ मन्दिरबाट शितलपाटि, मखन टोल, दरवार, हुलाक कार्यालय, बसन्तपुर, कैलाश नगर, सेन्ट कपिटानियो स्कुल, असन टोल, नारायण टोल, भिमसेन टोल, टुंडिखेल ब्यारेक, बसपार्क, बडिज्ञान टोल,सिलखान टोल,पेट्रोल पम्प, टक्सार, नारायण छापाखाना, हनुमान मन्दिर, गणेश मन्दिर, हुँदै भगवतिटोल क्षेत्र परिक्रमा गराई मन्दिरमा भित्र्याइने गरिन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago