नयाँ उपन्यास ‘मायाका मसिना अक्षर‘

काठमाडौँ: लेखक सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ । प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो ।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए । विशेषगरी आफूलाई उपन्यासको भाषाले तानेको उनको भनाइ छ । ‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ,’ भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति हुन्छ । सुरेशजीको सुन्दर लेखनीले उनलाई एउटा उचाइमा पुर्‍याउनेछ ।’

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए । ‘प्रेमका कथा धेरै पढेको थिएँ । तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो,’ उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ ।’

प्रेम गराउने होइन, प्रेम बुझाउने कथा लेख्न मन लागेकाले नै आफूले यो उपन्यास लेखेको लेखक बडालले जनाए । ‘भ्रमलाई प्रेम मान्नेहरुको दैनिकी लेख्नु थियो,’ उनले भने, ‘यसकारण मैले दिवस र रुबाका घटना उधिन्न थालें । मेरो कथाको पात्र बनेर आइदिने रुबा, दिवस र आरतीलाई पनि धन्यवाद ।’

‘यस कथामा कहीँ न कहीँ हामी युवाको अनुहार देखिनेछ । केही गल्ती गरियो होला, केही धोका खाइयो होला, कसैलाई धोका पनि दिइयो होला । तर जीवनको बुटामा जति जति नयाँ अनुभवका पालुवा पलाउँदै जान्छन्, हाम्रा ज्ञानका जरा पनि फैलिँदै जान्छन्,’ उनी थप्छन्, ‘यसर्थ जीवनका जेजे भोगियो, ती सबै कक्षा थिए भनेर म मान्ने गर्छु । यही दर्शनलाई लिएर यो पश्चात्तापको कथा लेखेको हुँ ।’ मान्छेले गल्ती गर्छ र त्यसलाई स्विकार्छ भने त्यो जति उपयोगी शिक्षा अरु हुँदैन, यस मानेमा यो नायकको कथा होइन, जो सबैलाई पराजित गर्छ । यो त खलनायकको कथा हो, जो आफ्नै अपरिपक्वतालाई जित्छ ।

लेखनमा रूचि भएको दिवस र काठमाडौंमा संघर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरू भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिँदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिँदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।

आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ । सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भईरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश फाइनप्रिन्टले गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago