नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादीलाई आग्रह

 काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नकेपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रिया कार्यक्रममा एमाले सचिव भट्टराईले तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोड्नुपर्ने भन्दै उनले भने, ‘कसले के ग¥यो भनेर धेरै पछाडि नफर्कौं । कसले के ग¥यो भन्नेमा गयौं भने एक अर्कालाई चिर्थोछौं र घाइते बनाउँछौं । त्यसैले अगाडि कसरी जाने सोचौं । कांग्रेससँगको गठजोडको नर्ककुण्डबाट फर्किनुपर्छ ।’

उनले अघि भने, ‘स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । गोजीमा अर्को ठेगाना भयो भने अन्त गइन्छ । आजकाल जीपीएस किन लगाइन्छ भने यसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जीपीएस लगाउनुप¥यो । बाटो फर्किनुप¥यो, सँगसँगै हुँदै जाऔं ।’

देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको र, त्यो वामपन्थी आन्दोलन मात्र भएको उनले दाबी गरे । ‘त्यो सामथ्र्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो, अरुले सक्नेवाला छैनन्,’ एमाले सचिव भट्टराईले भने, ‘त्यो शक्तिले नै हाम्रा छिमेकी हुन् चाहे हाम्रा टाढाका मित्रहरु हुन् । तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमीसँग हामी यति सहयोग लिन्छौं, यति लिन्नौं । तिम्रो यो शर्त मान्छौं, यो शर्त मान्दैनौं भन्न सक्छौं ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago