काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका छन्।
तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै मेयर शाहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजूरी दिएका हुन्।
‘नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेको भन्ने विषयक भ्रामक र तथ्यहीन समाचार प्रकाशन प्रसारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित)को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचारसंहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन प्रकाशन प्रशारण गर्ने संस्थालाई क्षतिपूर्तिसहितको कारबाही माग गर्दछु,’ बालेनले प्रेस काउन्सिलमा दिएको उजूरीमा भनिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…