बिन्दु पंथी,टोकियो: ब्याट्रीले भरिएका ठूला प्लास्टिकका बोतलहरू नहरमा फालेको आरोपमा क्योटोका एक व्यक्ति पक्राउ परेका छन्। क्योटो को फुकुचियमा २३ बर्षको युवकले आज सबेरै फालेको थिए। फोहोर बिभिन प्रकारका हुने गर्दछन् त्यसमध्यको एक हो सकिएका ब्याट्री, यो बिभिन्न घातक रमायन बाट (एसिड)बाट बनाइने भएकोले यसलाई फोहोर संगै जथाभावि फाल्नु सामाजिक अपराध हो।
आज एका बिहानै ठुलो प्लास्टिकको झोलामा ब्याट्री राखेर फोहोर पानी बगिराखेको नहरमा फालेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। जापानमा छोटो समयको लागि प्रयोगमा ल्याउन प्रयोग हुने ब्याट्री हरु सबैजसो ह्याकुयन पसलहरुमा सजिलै सस्तोमा किन्न सकिन्छ। किन्न सस्तो पर्ने भएकोले हामि नेपाली हरुलेपनि व्यापक प्रयोगमा ल्याउने यो खालको सामानले समयमानै सचेत रहनु आबश्यक देखिन्छ।
फोहोर फाल्दा नगरपालिकाको नियम पालना नगर्दा जसरी जापानिज आज पक्राउ परेको छ त्यसैगरि हामि नेपालीहरु पनि नपरिएला भन्न सकिने अबस्था छैन। जताभावि फोहोर नफालौ अनि फोहोरलाई नियम अनुसार फरकफरक बनाएर नियम अनुसार फोहोर व्यबस्थापन आफुले पनि गर्ने र सबैलाई सचेत बनाउनु पर्छ। नत्र केहि गर्न आएको बिदेशिहरु जेलको बसाइ बस्नुपर्ने हुनसक्छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…