लन्डन: बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ । चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे ।
विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् ।
जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् ।
कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ । विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो । तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ । एजेन्सी
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…