डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

लमजुङ: पृथ्वी राजमार्गको शाखा डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो जाँदा तनहुँ, लमजुङ र मनाङका नागरिक प्रभावित भएका छन् । लमजुङमा गत वर्ष पहिरो गएको ठाउँ बेंसीसहर नगरपालिका १, उदीपुरमा पुनः पहिरो गएपछि सडक अवरुद्ध भएको छ । लमजुङको भोटेओडार, भकुण्डेलगायत क्षेत्रमा सवारी साधन नै बगाउने खालको बाढी आउँदा सवारी आवागमन रोकिएका छन् ।

डुम्रे-बेंसीशहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार तनहुँको भानु नगरपालिका ८, बलीफाँटमा बाढीले सडक बगाएको छ । तुरतुर क्षेत्रमा पनि सडकमा क्षति पुर्‍याएको छ । मनाङतर्फ बेंसीसहर नगरपालिका ६, खरखरेमा पहिरो गएको छ । मर्स्याङ्दी गाउँपालिका ४, अर्खलेमा पहिरो जाँदा सवारी साधन आवागमन रोकिएको उनले बताए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले शनिबार रातिको वर्षाले डुम्रे-बेंसीसहर-चामे सडकको ठाउँठाउँमा सडक बगाउँदा लामो दूरीका सवारी साधनको आवतजावत रोकिएका छन् । कच्ची शाखा सडकहरूलाई समेत बाढीपहिरोले बगाएको छ ।

उनका अनुसार पैदल हिँड्नेका लागि केही वैकल्पिक ठाउँ खोजेर व्यवस्थापन गरिएको बताए । डुम्रे-बेंसीसहर सडकअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिका १, उदीपुरमा गएको पहिरो ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago