लमजुङ: पृथ्वी राजमार्गको शाखा डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो जाँदा तनहुँ, लमजुङ र मनाङका नागरिक प्रभावित भएका छन् । लमजुङमा गत वर्ष पहिरो गएको ठाउँ बेंसीसहर नगरपालिका १, उदीपुरमा पुनः पहिरो गएपछि सडक अवरुद्ध भएको छ । लमजुङको भोटेओडार, भकुण्डेलगायत क्षेत्रमा सवारी साधन नै बगाउने खालको बाढी आउँदा सवारी आवागमन रोकिएका छन् ।
डुम्रे-बेंसीशहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार तनहुँको भानु नगरपालिका ८, बलीफाँटमा बाढीले सडक बगाएको छ । तुरतुर क्षेत्रमा पनि सडकमा क्षति पुर्याएको छ । मनाङतर्फ बेंसीसहर नगरपालिका ६, खरखरेमा पहिरो गएको छ । मर्स्याङ्दी गाउँपालिका ४, अर्खलेमा पहिरो जाँदा सवारी साधन आवागमन रोकिएको उनले बताए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले शनिबार रातिको वर्षाले डुम्रे-बेंसीसहर-चामे सडकको ठाउँठाउँमा सडक बगाउँदा लामो दूरीका सवारी साधनको आवतजावत रोकिएका छन् । कच्ची शाखा सडकहरूलाई समेत बाढीपहिरोले बगाएको छ ।
उनका अनुसार पैदल हिँड्नेका लागि केही वैकल्पिक ठाउँ खोजेर व्यवस्थापन गरिएको बताए । डुम्रे-बेंसीसहर सडकअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिका १, उदीपुरमा गएको पहिरो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…