झापा गाउँपालिकामा काँग्रेसको वर्चस्व, अध्यक्षमा साह र उपाध्यक्षमा थपलिया निर्वाचित

झापा, जेठ ५ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ ।

जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएको थियो । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाको अध्यक्ष जितेको छ । कांग्रेस जिल्ला सभापति देउकुमार थेबेको गृहगाउँ झापा गाउँपालिकामा नेकपा एमाले भने दोस्रो भएको छ ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन् । त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रुद्र बजगाईँले ३ हजार ७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, जसपाका मोहितलाल कामतीले ६२, जनमत पार्टीका लोथ्रो हेमरमले ५८, स्वतन्त्र लक्ष्मीप्रसाद गणेशले ४८ र मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवी तामाङले १८ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी छिन् । उनले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४९७ मतान्तरले पराजित गरेकी छिन् । थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष काँग्रेसले गुमाएको थियो । उपाध्यक्ष एमालेले जितेको थियो ।

यता उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार मुन्नावती गणेशले २ हजार ८०४, राप्रपाकी तारामाया राईले ७५४, नेकपा (एकीकृत समाजवादी) का ईश्वरप्रसाद दाहालले ७१ मत ल्याएका छन् । त्यसैगरी काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमालकुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखीचन्द्र ठाकुर वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ३ मा भुइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भुइँकटहरकै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago