झापा गाउँपालिकामा काँग्रेसको वर्चस्व, अध्यक्षमा साह र उपाध्यक्षमा थपलिया निर्वाचित

झापा, जेठ ५ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ ।

जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएको थियो । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाको अध्यक्ष जितेको छ । कांग्रेस जिल्ला सभापति देउकुमार थेबेको गृहगाउँ झापा गाउँपालिकामा नेकपा एमाले भने दोस्रो भएको छ ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन् । त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रुद्र बजगाईँले ३ हजार ७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, जसपाका मोहितलाल कामतीले ६२, जनमत पार्टीका लोथ्रो हेमरमले ५८, स्वतन्त्र लक्ष्मीप्रसाद गणेशले ४८ र मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवी तामाङले १८ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी छिन् । उनले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४९७ मतान्तरले पराजित गरेकी छिन् । थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष काँग्रेसले गुमाएको थियो । उपाध्यक्ष एमालेले जितेको थियो ।

यता उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार मुन्नावती गणेशले २ हजार ८०४, राप्रपाकी तारामाया राईले ७५४, नेकपा (एकीकृत समाजवादी) का ईश्वरप्रसाद दाहालले ७१ मत ल्याएका छन् । त्यसैगरी काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमालकुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखीचन्द्र ठाकुर वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ३ मा भुइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भुइँकटहरकै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago