बिर्तामोड , बिर्तामोड नगरपालिका वडा नं – ४ मा नेकपा एमालेका राहुल शर्मा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली काँग्रेसका वडाध्यक्षका प्रत्यासी कुलप्रसाद संग्र्रौलालाई हराएका हुन् ।
राहुलसँगै वडामा एमालेको प्यानल विजयी भएको हो । खुल्ला सदस्यमा उमेश राउत , केशवकुमार श्रेष्ठ, महिला सदस्यमा रमादेवी राजवंशी र दलित महिला सदस्यमा निर्मलादेवी सुनुवार निर्वाचित भएका छन् ।
मतगणनाको अन्त्यतिर अग्रता लिएका राहुलले १८१३ मत प्राप्त गरेका छन् । संग्रौैलाले १७२० मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्बर–४ बाट सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर विजयी भएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…