वीरगञ्ज – विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भएको छ।
गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाका उम्मेदवार रुस्तम अन्सारी विजयी भएका हुन्। उनी ४ हजार ४८५ मत ल्याएर विजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरी लाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे।
लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जय चौहानले १ हजार ९८६ मत ल्याएर तेस्रो स्थानमा चित बुझाए।
गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह विजयी भएकी छन्। उनी ३ हजार ५७० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्।
उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २ हजार ३३३ मत प्राप्त गरिन्।
लोसपाकी बेनजिरा खातुनले १ हजार ७९५ मतका साथ तेस्रो स्थान प्राप्त गरिन्।
कुल सात वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर ३ र ६ मा विवेकशील साझा पार्टीले वडाध्यक्ष पनि जितेको छ।
वडा नम्बर १ र ५ मा जनता समाजवादी पार्टीले वडाध्यक्षमा बाजी मारेको छ। वडा नम्बर २ मा एमाले र ७ मा लोसपाका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।
नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षको टिकट दिए पनि अन्सारीले त्यसलाई फिर्ता गरेका थिए। उनले गाउँपालिकाको वडाध्यक्षमा टिकट दिने कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका अध्यक्षको टिकट फिर्ता गरेका थिए। पछि उनी विवेकशील साझा पार्टीमा प्रवेश गरी अध्यक्षमा चुनाव लडेका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…