पोखरा: कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेका बेला उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जु गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिनेकी छन् ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मत गणना भइसकेको छ । जसमध्ये एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाएका छन् । उनीभन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा २ हजार ३८३ मतले पछाडि छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १४ मतले पछि पारेकी छन् । १२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…