पोखरा: कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेका बेला उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जु गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिनेकी छन् ।
पोखरा महानगरमा बिहीबार बिहानसम्म ५० हजार ११७ मत गणना भइसकेको छ । जसमध्ये एकीकृत समाजवादीका उम्मेदवार आचार्यले २० हजार ७४९ मत पाएका छन् । उनीभन्दा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा २ हजार ३८३ मतले पछाडि छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार ९७७ मत पाउँदै अग्रता लिएकी छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १४ मतले पछि पारेकी छन् । १२ वडाको मतगणना सकिँदा कांग्रेस ९ र एमाले ३ वडामा विजयी भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…