घोषणा गरेपछि महोत्तरीमा मतगणना नगरिएको मतपेटिका भेटियो

महोत्तरीः बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।

मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । `वडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ‌,´ सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने छ ।

फूलमाला र अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुन: मतगणना गर्नु कुनै अर्थ नरहेको बताए । `निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो र ? ´ ढुंगानाले प्रतिप्रश्न गरे ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेको जनाएको छ । बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् । नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आसंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिका भए बाँकी मतगणना गर्नुपर्ने माग अघि सारेको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago