लक्ष्मण न्यौपाने ,सिकागो – मे १७ का दिन सिकागो ल्यान्ड इंटरटेनमेंट क्लबको आयोजना भब्य सांगितिक साँझ सम्पन्न भएको छ ।

हाल अमेरिकाका बिभिन्न शहरहरूमा सांगितिक यात्रामा रहेका नेपाली जन जीवनका पीर ब्यथाहरु लाई , जीवनका भोगाइ अनि समकालीन परिस्थितिमा यथार्थ सामाजिक चित्रण गर्दै आफ़्नो गीत संगीतमा पृथक पहिचान बनाएका चर्चित गायक प्रकाश सपूत ज्युको बेजोड़ प्रस्तुति अनी केही स्थानीय कलाकारको बिशेष प्रस्तुति सहित बिशेष सांगितिक साँझ सम्पन्न भएको आयोजकले बताए । जन्मभूमि संग जोड़ीने धेरै मध्यम छन त्यस मध्य एक बलियो मध्यम गीत संगीत हो ।

यसैले पनी प्रवासमा नेपाली कलाकार हरूको उच्च सम्मान रहेको पाइन्छ । अमेरिकाका बिभिन्न शहरहरुमा रहेका नेपाली सामाजिक संस्थाहरूले बेला बेला नेपाली गायक कलाकार आउनु भएको  बेला सांस्कृतिक एमं सांगितिक कार्यक्रम राखेंर मनोरंजन लिइएको पाइन्छ । यसैमा गत महीना देखी लगातार अमेरिकाका बिभिन्न स्टेटका शहर हरुमा गायक प्रकाश सपूत नेपाली माटोको सुगन्ध बोकर दुःख सुखका सांगितिक प्रस्तुति लियर हिड़ीरहेका छन ।

कहिले आफ्ना मार्मिक भाकाले दर्शक लाई रुवाँउदै त कहिले छमछमि नचाउदै सपूत क़रीब क़रीब अमेरिकाका हरेक शहर घूमीसकेका छन । सिकागोमा पनी उनको तिम्रो माया ले पीर दियों गीत देखी गलबन्दी च्यातियों , डांडा घरे साईला जस्ता अहिलेका बहु चर्चित गीतिकोशेलि हरुमा सहभागी दर्शक उल्लहासका साथ नाचे  क़रीब ३०० जाना को कार्यक्रममा उपस्थिति रहेको आयोजकले बताय ।

कार्यक्रम बिजेंद्र बिक्रम राणाले संचालन गरेका थिय। भने लक्ष्मण न्यौपानेको कार्यक्रममा स्वागत मंतब्य रहेको थियो । स्थानीय गायक लक्ष्मण बयलकोटि र रजिनाको बेजेड प्रस्तुति अनी इच्छा श्रेष्ठको बेजोड़ निर्त्य रहेको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago