अर्जुनधारा ५ को वडाध्यक्षमा कांग्रेसका खड्का विजयी

झापा , जेठ ५ । अर्जुनधारा नगरपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गिताराज खड्का निर्वाचित भएका छन् ।

१७७१ मत प्राप्त गरेका खड्काले नेकपा एमालेका डम्बरकुमार घिमिरेलाई १२४ मतले हराएका हुन् । घिमिरेले १६४७ मत ल्याएका छन् ।त्यस्तै खुल्ला सदस्यमा कांग्रेसकै विष्णुप्रसाद कँडेल १५७८ मतसहित निर्वाचित भएका छन् ।

त्यसबाहेक तीनवटा सदस्य पद भने एमालेले जितेको छ । अर्का खुल्ला सदस्यमा एमालेका लक्ष्मीप्रसाद खनाल १५२६, महिला सदस्यमा मुना खत्री १५२७ र दलित महिला सदस्यमा रिता नेपाली १६७४ मतले विजयी भएका छन् । यसअघि अर्जुनधाराको १,२,३ र ४ नं वडाको वडाध्यक्ष कांग्रेसले जितिसकेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago