भद्रपुरको प्रमुखमा काँग्रेसका पोखरेल र उपप्रमुखमा राप्रपाकी कार्की विजयी

भद्रपुर, स्थानीय तह निवार्चनअन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।

भद्रपुरका नगर प्रमुख पदका लागि भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार असारु राजवंशी ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ सय १० मत प्राप्त गरेका छन् । त्यसैगरी क्रमशः राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समरकुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्रकुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चुडामणि अधिकारीले ३१ प्राप्त गरेका छन् ।

त्यसैगरी नगर उप–प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्की ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार राजभण्डारी ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालकी नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीकी मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनकी यमकुमारी लिम्बूले ३ सय ३६, मौलिक जरोकिलो पार्टीकी कृष्णदेवी चुडाल ओलीले ३८ मत प्राप्त गरेका छन् ।

भद्रपुर वडा नं १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टेकबहादुर खड्का १ हजार ४ सय ८० मतका साथ प्यानलै विजयी भएका छन् । जसमा महिला सदस्यमा संगीता ढकालले १ हजार ४ सय ६४, दलित महिला सदस्यमा कमला अछामीले १ हजार ५ सय ३, तुलसी पोख्रेलले १ हजार ४ सय ८८ र दुर्गाप्रसाद दाहालले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् ।
निर्वाचनका लागि ५१ हजार २ सय ६० कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको थियो ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago