भद्रपुरको प्रमुखमा काँग्रेसका पोखरेल र उपप्रमुखमा राप्रपाकी कार्की विजयी

भद्रपुर, स्थानीय तह निवार्चनअन्तर्गत भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् ।

भद्रपुरका नगर प्रमुख पदका लागि भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार असारु राजवंशी ९ हजार ७ सय ५९ मतका साथ उपविजेता भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ सय १० मत प्राप्त गरेका छन् । त्यसैगरी क्रमशः राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर लिम्बुले ६ सय ८, जनता समाजवादी पार्टी, नेपालका समरकुमार राईले ३ सय ६१, मंगोल नेशनल अर्गनाइजेसनका ईन्द्रकुमार सुहाङले ३ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४, मौलिक जरोकिलो पार्टीका चुडामणि अधिकारीले ३१ प्राप्त गरेका छन् ।

त्यसैगरी नगर उप–प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राधा कार्की ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार राजभण्डारी ८ हजार ५ सय ३३ मतका साथ उपविजेता भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की कौशल्या अधिकारीले ८ हजार ४ सय ३, जनता समाजवादी पार्टी, नेपालकी नुतन झाले ४ सय ३०, राष्ट्रिय जनमुक्ति पार्टीकी मञ्जु वर्माले ३ सय ४१, मंगोल नेशनल अर्गनाइजेसनकी यमकुमारी लिम्बूले ३ सय ३६, मौलिक जरोकिलो पार्टीकी कृष्णदेवी चुडाल ओलीले ३८ मत प्राप्त गरेका छन् ।

भद्रपुर वडा नं १० मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का टेकबहादुर खड्का १ हजार ४ सय ८० मतका साथ प्यानलै विजयी भएका छन् । जसमा महिला सदस्यमा संगीता ढकालले १ हजार ४ सय ६४, दलित महिला सदस्यमा कमला अछामीले १ हजार ५ सय ३, तुलसी पोख्रेलले १ हजार ४ सय ८८ र दुर्गाप्रसाद दाहालले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् ।
निर्वाचनका लागि ५१ हजार २ सय ६० कुल मतदाता रहेको भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago