आगलागी नियन्त्रणमा पाल्पा वनको प्रयास

पाल्पा ६, बैशाख ।
जङ्गलमा हुने आगलागी नियन्त्रणका लागी पाल्पा वनले ज्वलनशिल पदार्थ व्यावस्थापन गरेको छ । तानसेनको श्रीनगरमा रहेको जङ्गलमा ५० हेक्टर भन्दा बढी वनक्षेत्रमा प्रज्वलनशिल पदार्थ ब्यबस्थापन कार्यको कार्य गरेको हो । डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलका अनुसार वनकाे ज्वलनशिल पदार्थ व्यावस्थापनमा ऐतिहासिक सहभागिता रहेको छ । पोखरेल ले स्थानीय उपभोक्ता, सुरक्षाकर्मी, वन कर्मचारी सहित करिव १५०० जनाको सहभागितामा ऐतिहासिक श्रीनगर वन क्षेत्रमा ज्वलनशिल पदार्थकाे व्यवस्थापन कार्य गरेको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी, डिभिजनल वन अधिकृत, नेपाल प्रहरीका प्रमुख, नेपाली सेनाका गणपति, राष्ट्रीय अनुसन्धानका प्रमुख, शसस्त्र प्रहरीका प्रमुख, वन कर्मचारी, सुरक्षाकर्मि, पत्रकार र उपभाेक्तासहितको सहभागितामा श्रीनगर वन क्षेत्रमा ज्वलनशिल पदार्थकाे व्यवस्थापन गर्ने कार्य भएको छ । यो कार्यक्रमको संयोजन र ब्यबस्थापन डिभिजन वन कार्यालय पाल्पाले गरेको छ ।

तानसेन बाजारको माथिल्लो भागमा रहेको श्रीनगर बन क्षेत्रमा बर्सेनि आगलागी हुँदा बनमा धेरै क्षेती हुने गरेको थियो । यो कार्य बाट डढेलो लाग्नबाट रोकिने अपेक्षा गरिएको छ ।
पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् । मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago