पाल्पा ६, बैशाख ।
जङ्गलमा हुने आगलागी नियन्त्रणका लागी पाल्पा वनले ज्वलनशिल पदार्थ व्यावस्थापन गरेको छ । तानसेनको श्रीनगरमा रहेको जङ्गलमा ५० हेक्टर भन्दा बढी वनक्षेत्रमा प्रज्वलनशिल पदार्थ ब्यबस्थापन कार्यको कार्य गरेको हो । डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलका अनुसार वनकाे ज्वलनशिल पदार्थ व्यावस्थापनमा ऐतिहासिक सहभागिता रहेको छ । पोखरेल ले स्थानीय उपभोक्ता, सुरक्षाकर्मी, वन कर्मचारी सहित करिव १५०० जनाको सहभागितामा ऐतिहासिक श्रीनगर वन क्षेत्रमा ज्वलनशिल पदार्थकाे व्यवस्थापन कार्य गरेको बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी, डिभिजनल वन अधिकृत, नेपाल प्रहरीका प्रमुख, नेपाली सेनाका गणपति, राष्ट्रीय अनुसन्धानका प्रमुख, शसस्त्र प्रहरीका प्रमुख, वन कर्मचारी, सुरक्षाकर्मि, पत्रकार र उपभाेक्तासहितको सहभागितामा श्रीनगर वन क्षेत्रमा ज्वलनशिल पदार्थकाे व्यवस्थापन गर्ने कार्य भएको छ । यो कार्यक्रमको संयोजन र ब्यबस्थापन डिभिजन वन कार्यालय पाल्पाले गरेको छ ।
तानसेन बाजारको माथिल्लो भागमा रहेको श्रीनगर बन क्षेत्रमा बर्सेनि आगलागी हुँदा बनमा धेरै क्षेती हुने गरेको थियो । यो कार्य बाट डढेलो लाग्नबाट रोकिने अपेक्षा गरिएको छ ।
पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् । मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…