काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन जिल्लालाई निर्णय सच्याउन आग्रह गरेका छन् ।
चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई सोमबार प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर भरतपुर माओवादीलाई दिनुपर्ने भएकाले जिल्लाको निर्णय सच्याउन भनेका थिए ।
चितवन जिल्लाले महानगरमा आफ्नै उमेदवार अघि सार्ने निर्णय गर्दै उमेदवारहरुको नामावली पनि सिफारिस गरिसकेको छ ।
“उहाँले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरा भएन । मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग राखेँ । उहाँले तपाईंहरुको निर्णय बदल्नुप¥यो भन्नुभयो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन भन्नुभयो । मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ ।”
सभापति देउवाले चितवन, काठमाडौं र विराटनगरमध्ये एक माओवादीलाई दिनुपर्ने भएकाले चितवन दिनुपर्ने अवस्था आएको बताएका थिए ।
“माथिल्लो निकायले निर्णय गरेपछि तल्लो निकायको स्वतः खारेज हुन्छ, तपाईंहरुले यहीँबाट जे निर्णय गर्ने हो गर्नुहोस्, चितवनबाट हुँदैन भनिदिएँ,” उनले भने,“केन्द्रीय समितिको निर्णय मान्ने मेरो दायित्व हो मैले मान्छु । तर जिल्ला सभापतिको रुपमा एक्लै जिल्लामा थाम्न सक्ने अवस्था छैन भनेर भनेँ । बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो । मैले सक्दिन भन्दै बिदा भएँ ।”
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…