दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, मंगलबार बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २७ हजार ८४१ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य यस दिन २७३ रुपैयाँ ७० पैसा बढेर ३ हजार ११ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबारमा आएको ग्रस्न भेन्चर्सको शेयरमूल्य २७ रुपैयाँ १० पैसा बढेर २९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ। अन्य स्टकहरुको शेयरमूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमुहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०४ प्रतिशत १.०४ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ०.८२ प्रतिशत, जीवन बीमाको ०.७७ प्रतिशत र लघुवित्तको ०.७० प्रतिशत बढेको छ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago