दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, मंगलबार बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२९ स्टकको २७ हजार ८४१ पटकको कारोबारमा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य यस दिन २७३ रुपैयाँ ७० पैसा बढेर ३ हजार ११ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबारमा आएको ग्रस्न भेन्चर्सको शेयरमूल्य २७ रुपैयाँ १० पैसा बढेर २९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ। अन्य स्टकहरुको शेयरमूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ३० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमुहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०४ प्रतिशत १.०४ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ०.८२ प्रतिशत, जीवन बीमाको ०.७७ प्रतिशत र लघुवित्तको ०.७० प्रतिशत बढेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago