२१ जिल्लाका ३० स्थानमा आगलागी

काठमाडौं: पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् ।

मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनामा परी बितेको चौबिस घण्टामा ७ जना घाइते भएका छन् ।

वैशाख १ गतेयता देशभर ९८ वटा आगलागीका घटना रेकर्ड भएका छन् । ती घटनामा परी १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आगलागीका घटनाले यसवर्ष ६ करोड २६ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष अर्थात २०७८ सालमा देशभर २ हजार ४६६ वटा आगलागीका घटना रेकर्ड भएका थिए । ती घटनामा परी ९५ जनाले ज्यान गुमाएका थिए भने ३८१ जना घाइते भएका थिए । आगलागीका कारण गत वर्ष राज्यले २ अर्ब २७ करोड ३४ लाख ३१ हजार ३२४ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago