काठमाडौं: पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् ।
मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।
आगलागीका घटनामा परी बितेको चौबिस घण्टामा ७ जना घाइते भएका छन् ।
वैशाख १ गतेयता देशभर ९८ वटा आगलागीका घटना रेकर्ड भएका छन् । ती घटनामा परी १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आगलागीका घटनाले यसवर्ष ६ करोड २६ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।
गत वर्ष अर्थात २०७८ सालमा देशभर २ हजार ४६६ वटा आगलागीका घटना रेकर्ड भएका थिए । ती घटनामा परी ९५ जनाले ज्यान गुमाएका थिए भने ३८१ जना घाइते भएका थिए । आगलागीका कारण गत वर्ष राज्यले २ अर्ब २७ करोड ३४ लाख ३१ हजार ३२४ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…