सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार अमेरिकाबाट नेपाल आउँदै

काठमाडौँ: अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहित अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह शुक्रबार नेपाल आउने भएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले अमेरिकी टोली नेपाल आउन लागेको पुष्टि गरेको हो ।
यसबारे अमेरिकी समाचार साइट ‘द हिल’ का अनुसार सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डेयर जोन्स नेपालको भ्रमणमा आउन लागेका हुन् ।
उक्त समाचार साइटका अनुसार उनीहरु युक्रेनका लागि समर्थन जुटाउन पोल्याण्ड, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स र नेपालको तीन दिने भ्रमणमा आएका हुन् । उनीहरुले नेपालमा द्वीपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुवै पक्षबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएकोले यस वर्षको अन्त्यमा नेपाल र अमेरिकाबीच केही उच्चस्तरीय आदानप्रदानका लागि सांसदहरुको भ्रमण भएको हो छ । पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री राजदूत केली केइडरलिङल पनि अहिले नेपाल भ्रमणमै छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै भएको भारत भ्रमण, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण, नेपाली संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदन र संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा युक्रेनको पक्षमा नेपालले मतदान गरेपछि यो भ्रमण तय भएको हो । अमेरिकाले आफ्नो विदेश सहयोग नियोग यूएसआईडीमार्फत नेपाललाई करिब ८० अर्ब रुपैयाँ दिने घोषणा भएलगत्तै अमेरिकी सांसदहरु नेपाल आउन लागेका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago