सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार अमेरिकाबाट नेपाल आउँदै

काठमाडौँ: अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहित अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह शुक्रबार नेपाल आउने भएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले अमेरिकी टोली नेपाल आउन लागेको पुष्टि गरेको हो ।
यसबारे अमेरिकी समाचार साइट ‘द हिल’ का अनुसार सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदनका मोन्डेयर जोन्स नेपालको भ्रमणमा आउन लागेका हुन् ।
उक्त समाचार साइटका अनुसार उनीहरु युक्रेनका लागि समर्थन जुटाउन पोल्याण्ड, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स र नेपालको तीन दिने भ्रमणमा आएका हुन् । उनीहरुले नेपालमा द्वीपक्षीय कूटनीतिक सम्बन्ध र दुई मुलुकका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुवै पक्षबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएकोले यस वर्षको अन्त्यमा नेपाल र अमेरिकाबीच केही उच्चस्तरीय आदानप्रदानका लागि सांसदहरुको भ्रमण भएको हो छ । पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउथ एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री राजदूत केली केइडरलिङल पनि अहिले नेपाल भ्रमणमै छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै भएको भारत भ्रमण, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण, नेपाली संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदन र संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा युक्रेनको पक्षमा नेपालले मतदान गरेपछि यो भ्रमण तय भएको हो । अमेरिकाले आफ्नो विदेश सहयोग नियोग यूएसआईडीमार्फत नेपाललाई करिब ८० अर्ब रुपैयाँ दिने घोषणा भएलगत्तै अमेरिकी सांसदहरु नेपाल आउन लागेका हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago