चितवन कांग्रेस सभापतिलाई बोलाएर देउवाले थर्काए!

काठमाडौँ: स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगर र उपमहानगरको सिट बाँडफाँडमा समस्या भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित प्रदेश र जिल्लाका नेताहरूसँग छलफल गरेका छन् । गठबन्धन दलले सोमबार दिनभर छलफल गरेर पनि महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।
सबै महानगरपालिकाको प्रमुख पदमा कांग्रेसले आफ्नो दाबी नछोड्दा चुनावी तालमेल गर्न समस्या हुने भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय नेता कार्यकर्तासँग परामर्श गरेका हुन् । प्रधानमन्त्री देउवाले विवाद भइरहेका जिल्लाका नेतालाई काठमाडौं बोलाएका थिए ।
देउवाले बोलाएपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सोमबारै काठमाडौं आएका थिए भने पाेखरा महानगरपालिकाको विषयमा छलफल गर्न कास्की जिल्ला सभापति किशोरदत्त बरालसहित नेताहरु समेत काठमाडौं आएका छन् ।

चितवन सभापति खनालले मंगलबार विहान ११ बजे सभापति एवम् प्रधानमन्त्री देउवासँग भेट गरेको बताए । ‘उहाँले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरो भएनँ,’ उनले भने, ‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसमक्ष राखेर जिल्ला फर्किँदैछु ।’
भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन कांग्रेसको निर्णय बदल्न आग्रह गरेका थिए । तर, सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने भनेको बताए ।

भरतपुर महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनमा समेत कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाललाई समर्थन गरेका थिए । गठबन्धन गर्दा आलोपालो सिद्धान्तका आधारमा समेत यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने स्थानीय नेता कार्यकर्ताको अडान छ । का‌ंग्रेसका महानगर, क्षेत्र र जिल्ला कार्यसमितिहरुले त्यही निर्णय लिएर केन्द्रको ध्यानाकर्षण गराएका थिए ।

‘उहाँले तपाईंहरूको निर्णय बदल्नुपर्‍यो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन,’ देउवाको भनाइ उदृत गर्दै खनालले इकान्तिपुरसँग भने, ‘मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ ।’ उनले आफूहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको र पार्टी केन्द्रले त्यहीअनुसार निर्णय गर्ने अपेक्षा रहेको बताए ।

यसअघि चैत्र दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले ‘स्थानीय तहको अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने’ भन्ने निर्णय गरेको थियो । जिल्ला सभापति खनालले भरतपुरमा उपमेयरसहित सबै वडाध्यक्ष कांग्रेसले पाउने गरी सहमति भएको भन्ने कुरामा समेत कुनै सत्यता नरहेको बताए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago