पाणिनी गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने जित्ने सम्भाबना कति !

अडगुरी,अर्घाखाँची: स्थानिय तहको निर्वाचन मिति बैसाख ३० नजिकिए सँगै पाणिनी गाँउपालिकामा पनि राजनैतिक चहलपहल बढेको छ । पाणिनी गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । गत ७४ सालको स्थानीय तहको निर्वाचनमा निकै प्रतिस्पर्धा भएको पाणिनी गाउँपालिकामा ४ वटा वडा एमाले र ४ वटा वडा कांग्रेसले जितेको थियो भने गाउँपालिका अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो ।यो एउटा समान अवस्थाको मत परिणामको स्थिती रहेको पालिकामा अहिले एमालेले गाउँपालिका अध्यक्षको लागि उमेद्वारको टुंगो लगाए सँगै झन् चुनाबी माहोल झनै तातेको छ । पाणिनी गाउँपालिको अध्यक्षमा टेकराज न्यौपाने लाई नेकपा एमालेले अगाडि सारेको छ ।

को हुन टेकराज न्यौपाने ?
वि. स. २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिकाको अडगुरी भञ्ज्याङमा जन्मिएका न्यौपाने विधार्थी जीवन बाटै राजनैतिक क्षेत्रमा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशीमा कक्षा ८ मा अध्यन गर्दा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भएका उनि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षाको लागि भारत गएका थिए ।
२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यमिक विद्यालय अड्गुरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालयको छनोटमा विद्यालयलाई पार्न सफल भएका हुन् ।

वि स २०५१ सालमा तत्कालिन अड्गुरी गाविस को सचिव भएका न्यौपाने वि. स. २०५४ सालमा अड्गुरी गाविसको ने क पा एमालेको तर्फबाट गाविस अध्यक्षको उमेद्वारी सँगै झिनो मतले पराजित भएका थिए । वि स २०५९ सालमा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ सालमा नेकपा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी इन्चार्ज पनि हुन् ।
गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमालेको तर्फबाट पाणिनी गाउपालिकाको अध्यक्षमा उमेद्वारी दिएका न्यौपाने पालिका कमिटिको सर्वसम्मत चयन भएका उमेद्धवार हुन । उनका चुनाबी एजेण्डा पनि जनतालाई प्रतक्ष्य र सकारात्मक प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायतका क्षेत्रको विकास उनको मुख्य लक्ष्य रहेको छ ।

सालिन स्वभाव, बौद्धिक ब्यातित्व, प्रष्ट विचार र स्पष्ट धारणा भएका उनि आफ्ना एजेण्टा सहित जनताको घर दैलोमा पुगेका न्यौपानेलाई जनताले रुचाएका छन् । उनी पैसा कमाउनको लागि राजनीतिकमा नआएको, जनताको सेवा गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउँछन।पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारीले पाणिनीको स्थानीय तहको चुनाव एकलौटी हुने एमाले कार्यकर्ता बताउने गरेका छन् । यद्यपि पाणिनीको चुनाव प्रतिस्पर्धात्म हुने निश्चित त देखिन्छ नै कांग्रेसले समयमै उमेद्धवारको छनोट गर्न नसक्नुले पनि न्यौपानेलाई थप बल पुगेको उनका सहयोगिहरुले बताउने गरेका छन् ।
टेकराज न्यौपानेको उमेद्वारी यतिबेला सबैको बहसको विषय पनि बनेको छ भने विपक्षिलाई फलामको चिउरा बनेको उनको उमेद्धवारिले राजनितिमा इमान्दारको आशा पुरा भएको अनुमान पनि स्थानियहरुले गरेका एमाले निकट युवाहरुले बताउने गरेका छन् ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago