अब युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी

किभ: युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा रहेको छ । अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म पनि टन्न मानिस थिए ।
तर युद्धको अग्रमोर्चादेखि करिब ५० किलोमिटर मात्र टाढा रहेको यस गाउँको पूर्व र दक्षिण भाग मानव सङ्ख्या शून्य अवस्थामा पुग्न लागेको छ । त्यहाँ बाँकी रहेका करिब ३०० मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन् ।

राइफल भिरेका, भूभाग प्रतिरक्षा एकाइका एक सदस्य ५९ मिकोला लुहिनेत्स भन्छन्, “मैले यही बसेर जीवन बिताइसकेको छु । म सेर्हिभ्कामा बसेर नै आवश्यक परेको खण्डमा यसको प्रतिरक्षा गर्नेछु ।”
युक्रेनका विभिन्न भागबाट भइरहको जनसङ्ख्या पलायनलाई विश्लेषण गर्ने हो भने युवाहरू सुरक्षित स्थानको खोजिमा जाने र बुढापाकाहरू मत्र जहाँको त्यही रहने गरेको देखिएको छ ।

यस गाउँका प्रमुख व्यक्ति भ्यालेरी दुहेल्निले भनेका छन्, “बुढापाकालाई बाटो छिचोल्न कठिन हुन्छ । कोही निकै भावुक हुन्छन् । आफू बसेको ठाउँ छाड्न उनीहरूको मननै मान्दैनन् । उनीहरू अन्त कतै हैनन्, आफ्नै घरमा मर्न चाहन्छन् ।”
बीबीसीबाट ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago