अस्वाभाविक दाबी गरेकाले मित्रवत प्रतिष्पर्धा, कास्की अध्यक्षले पोखराको मेयर नपाए ‘एमालेमा जाने धम्की‘

पोखरा: कास्कीमा सत्ता गठबन्धनको बैठक चलिरहँदा सोमबार कास्की कांग्रेसको एक विज्ञप्ति जारी भयो । केन्द्रबाट पोखरा महानर नेकपा (एकीकृत समाजवादी)ले पाउने निर्णय भएको हल्ला चलेपछि एकाएक विज्ञप्ति जारी गरेर कास्की कांग्रेसले एकीकृत समाजवादीलाई दबाब दिने नीति अख्तियार गरेको हो ।

कास्की कांग्रेसका सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले हस्ताक्षर गरेको विज्ञप्तिमा एकीकृत समाजवादीले ‘अस्वाभाविक दाबी गरेकाले मित्रवत प्रतिष्पर्धा गर्न सकिने तर सँगै नरहेको’ उल्लेख गरिएको थियो ।
विज्ञप्ति जारी भएपछि कांग्रेस सभापति किशोरदत्त बराललाई गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताले आधिकारिकता सोधे ।

“साथीहरूले एउटा विज्ञप्ति जारी गर्नुभएछ । त्यसले अलिकति डिस्टर्ब गर्‍यो । कांग्रेस सभापतिले आधिकारिक होइन भन्नुभयो,” एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले भने ।
गठबन्धनको बैठकमै रहेका कास्की सभापति बरालले आफू गठबन्धनकै पक्षमा रहेको भनेर अन्य नेतालाई आश्वस्त पारे । मंगलबार दिउँसो २ बजे फेरि बैठक बस्ने गरेर बैठक विनानिष्कर्ष सकियो ।

यता, विज्ञप्तिकै कारण एकीकृत समाजवादी कास्कीका अध्यक्ष तथा पोखराको मेयरका आकांक्षी धनराज आचार्यलाई पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले फोन गरे । आचार्यले भने, “नेताको फोन त आइहाल्छ नि ।”
फोनमा नेपालले विज्ञप्तिबारे सोधेका थिए ।

“गठबन्धनमा केही कुरा भएको छ र भनेर सोध्नुभएको थियो । अहिले बाहिर विज्ञप्ति आएको छ, तपाईंहरूले धेरै माग गरेको हो र भनेर सोध्नुभएको थियो, हामीले होइन, सौहार्दपूर्ण तरिकाले बैठक भइरहेको छ भनेर जानकारी गरायौँ,” उनले भने ।
तर, कास्की कांग्रेसका सचिव भानु ढकालको दाबीअनुसार अध्यक्ष नेपालले आचार्यलाई फोनमा ‘कांग्रेसले नि उमेदवारी दर्ता गराउँछ । तपाईंले पनि गराउनुहोस्, वैशाख तेस्रो सातासम्म माहोल कसको पक्षमा बन्छ उसैलाई आन्तरिक समर्थन गरौँला’ भनेका थिए ।
तर, आचार्यले यसलाई ठाडै इन्कार गरे । उनले भने, “कसले यो वाइयात कुरा गरेको छ । त्यस्तो केही भन्नुभएको छैन ।”
सचिव ढकालले चाहिँ आचार्यले एमालेमा जाने भनेको प्रमाण नै आफू रहेको दाबी गरे ।
उनले भने, “म कहाँ गएर बोल्नुपर्छ । मेरै अगाडि धनराजजीले माधव नेपालको फोन आउँदा, मलाई मेयर दिन सके पोखराको मेयर दिनु, नभए म एमालेमा जान्छु, भनेर भन्नुभयो । उहाँजस्तो गैरजिम्मेवार व्यक्तिलाई हामीले कसरी अगाडि लिएर जानु ?”
कास्की कांग्रेस सभापति किशोरदत्त बराललाई चाहिँ रामचन्द्र पौडेलले फोन गरेर पोखराको बारेमा आफू लागिरहेको जानकारी गराएका थिए ।
यता माओवादी केन्द्रले पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा उनीसहित गोमा ढकाल र सूर्यप्रकाश त्रिपाठीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतकाअनुसार पोखरामा कांग्रेसले मेयर पाउने सम्भावना बढिरहँदा उपमेयरमा सिर्जना त्रिपाठीकै सम्भावना बढी छ ।
माओवादी केन्द्र पोखरा महानगर कमिटीले मेयरमा चाहिँ माओवादी कास्की संयोजक बखानसिंह गुरुङ, प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रस्ताव गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago