आइपिएल बीचमै रोकिन सक्ने जोखिम

नयाँदिल्ली: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले जित हात पारेका छन् । गुजरातले चेन्नई सुपर किंग्सलाई तीन विकेटले हराउँदा हैदरावादले पञ्जाव किंग्समाथि ७ विकेटको जित हात पारेको हो । आइतबार भएको पहिलो खेलको सुरुमा ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाउनुभयो । हैदरावादका एमरान मलिकले चार तथा भुवनेश्वर कुमारले तीन विकेट लिनुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले तीन विकेटको क्षतिमा सात बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । त्यस्तै, अर्को खेलमा सुरुवाती ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६९ रन बनाउँदै गुजरातलाई १७० रनको लक्ष्य दिएको थियो । चेन्नईका रुटुराज गाइक्वाडले ७३ र अम्बाती रायडुले ४६ रनको पाली खेल्नुभयो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि डेभिड मिलरले अविजित ९४ रनको महत्वपूर्ण पाली खेल्दै जित दिलाउनुभयो ।

चेन्नईका लागि जारी आइपिएलमा यो पाँचौंँ हार हो । ६ खेलबाट उसले केवल दुई अंक जोडेको छ । चेन्नई तालिकाको नवौँ स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको गुजरातले समान ६ खेलबाट १० अंक जोडेको छ । यसैबीच आइपिएलको यो सिजन पनि बीचमै रोकिन सक्ने जोखिम बढेको छ । पछिल्लो समय दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । इएसपिएन क्रिकइन्फोका अनुसार पछिल्लो पटक थप दुईजना खेलाडी पोजेटिभ देखिएका छन् । एक खेलाडी विदेशी भएको बताइएको छ ।

पछिल्लो समय भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आइपिएलमा समेत देखिएको छ । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै दुई खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । यसले प्रतियोगिता बीचमै रोकिन सक्ने जोखिम बढाएको बताइएको छ । गत सिजन पनि कोरोना संक्रमणका कारण प्रतियोगिता बीचमै रोकिएको थियो । पछि लिगको दोस्रो चरण युएइमा गरिएको थियो ।

पहिलो पटक दिल्लीका फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उहाँसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो । उहाँको नाम भने सार्वजनिक गरिएको छैन । अघिल्लो सिजनको आइपिएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (युएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा खेल गराउँदासमेत कोरोना संक्रमण देखिन थालेपछि खेल युएईमा सारिएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago