आइपिएल बीचमै रोकिन सक्ने जोखिम

नयाँदिल्ली: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएका खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादले जित हात पारेका छन् । गुजरातले चेन्नई सुपर किंग्सलाई तीन विकेटले हराउँदा हैदरावादले पञ्जाव किंग्समाथि ७ विकेटको जित हात पारेको हो । आइतबार भएको पहिलो खेलको सुरुमा ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाउनुभयो । हैदरावादका एमरान मलिकले चार तथा भुवनेश्वर कुमारले तीन विकेट लिनुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले तीन विकेटको क्षतिमा सात बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । त्यस्तै, अर्को खेलमा सुरुवाती ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६९ रन बनाउँदै गुजरातलाई १७० रनको लक्ष्य दिएको थियो । चेन्नईका रुटुराज गाइक्वाडले ७३ र अम्बाती रायडुले ४६ रनको पाली खेल्नुभयो । जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि डेभिड मिलरले अविजित ९४ रनको महत्वपूर्ण पाली खेल्दै जित दिलाउनुभयो ।

चेन्नईका लागि जारी आइपिएलमा यो पाँचौंँ हार हो । ६ खेलबाट उसले केवल दुई अंक जोडेको छ । चेन्नई तालिकाको नवौँ स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको गुजरातले समान ६ खेलबाट १० अंक जोडेको छ । यसैबीच आइपिएलको यो सिजन पनि बीचमै रोकिन सक्ने जोखिम बढेको छ । पछिल्लो समय दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । इएसपिएन क्रिकइन्फोका अनुसार पछिल्लो पटक थप दुईजना खेलाडी पोजेटिभ देखिएका छन् । एक खेलाडी विदेशी भएको बताइएको छ ।

पछिल्लो समय भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आइपिएलमा समेत देखिएको छ । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै दुई खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । यसले प्रतियोगिता बीचमै रोकिन सक्ने जोखिम बढाएको बताइएको छ । गत सिजन पनि कोरोना संक्रमणका कारण प्रतियोगिता बीचमै रोकिएको थियो । पछि लिगको दोस्रो चरण युएइमा गरिएको थियो ।

पहिलो पटक दिल्लीका फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उहाँसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हो । उहाँको नाम भने सार्वजनिक गरिएको छैन । अघिल्लो सिजनको आइपिएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (युएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा खेल गराउँदासमेत कोरोना संक्रमण देखिन थालेपछि खेल युएईमा सारिएको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago