काठमाडौँ: यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीको बिदाइ गरिएको छ । उक्त प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

उक्त च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनिको समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरतर्फ १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा सहभागी हुन लागेका श्रेष्ठ र गुरुङ नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।

निर्णायकमा नेपालका लामा

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । तेक्वान्दोका सहायक प्रशिक्षक लामाले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । लामाले यसअघि पनि एसियाली तथा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago