काठमाडौँ: यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीको बिदाइ गरिएको छ । उक्त प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनिको समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरतर्फ १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा सहभागी हुन लागेका श्रेष्ठ र गुरुङ नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।
निर्णायकमा नेपालका लामा
विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । तेक्वान्दोका सहायक प्रशिक्षक लामाले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । लामाले यसअघि पनि एसियाली तथा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…