उपत्यकामा ग्याँस अभाव देखिएको, कसले लुकायो ग्याँस ?

काठमाडौँ: पछिल्लो समय उपत्यकामा ग्याँस अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको बेला उपभोक्ताले सहज रूपमा ग्याँस समेत पाउन छाडेका छन् । ग्याँस लिन जाँदा उपभोक्तालाई बिक्रेताले हाल उद्योगबाट ग्याँस नआएको हुँदा दिन नसकिने जवाफ दिने गरेका छन्। राजधानीका अधिकांश ग्याँस बिक्रेताले हाल ग्याँस नभएको भन्दै उपभोक्ताहरूलाई फिर्ता पठाउने गरेका छन् ।

कतिपय बिक्रेताले बजारमा ग्याँसको अभाव हुन थालेपछि भएका ग्याँस पनि लुकाउने गरेको उपभोक्ताको आरोप छ। ग्याँस उद्योगी गोकुल भण्डारी हाल बजारमा ग्याँस अभाव हुनुमा केही समयअघिको आयल निगम र व्यवसायीहरूको लफडाको असर हाल कारक रहेको बताउँछन्। व्यवसायीहरूले पेट्रोलियम पदार्थ ल्याउन तथा डिलरहरूमा पुर्‍याउन एउटा चक्र बिग्रने बित्तीकै सहज आपूर्तिमा समस्या हुने गरेकाे उनकाे भनाई छ । बजारमा ग्याँस अभाव हुने बित्तिकै उपभोक्ताहरूले ग्याँसको जगेडा गर्ने गर्नाले समेत हाल अभाव देखिएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको हुँदा तथा डलर सञ्चितिको लागि हाल आयात पनि कम भएको हुँदा केही समय समस्या देखिएको र अब एक हप्तामा समस्या समाधान हुने भण्डारी बताउँछन्।

नेपाल आयल निगम प्रवक्ता विनीतमणि उपाध्याय व्यवसायीहरूले चैत ६ देखिको सुरु गरेको आन्दोलनको असर हाल ग्याँसमा देखिएको बताउँछन्। ६ देखि १९ सम्म १३ दिन पेट्रोलियम पदार्थको प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठेका कारण पनि हाल केही कम्पनीहरूको ग्याँस अभाव देखिएको उपाध्याय बताउँछन्। १३ दिन ग्याँस नआएका कारण त्यसकै ग्यापको असर हाल बजारमा देखिएको तथा ग्याँसको आयातका लागि पनि भारतका विभिन्न स्थान जानुपर्ने भएको हुँदा अभाव देखिएको र हप्ता १० दिनमा समस्या समाधान हुने उनको भनाइ छ।

तरकारीमा उच्च मूल्य वृद्धि

ग्याँस अभाव खेपिरहेका नेपाली उपभोक्ता अर्कोतर्फ ग्याँसमा पकाउने तरकारी लगायतको खाद्यवस्तु उच्च मूल्यवृद्धिको मारमा परेका छन्। राजधानी मुख्य तरकारी बजार कालीमाटी, बल्खु लगायतका स्थानमा अधिकांश तरकारी भाउ आकासिएको छ। काउली, गोलभेँडा लगायतका तरकारीको मूल्य बढेको छ । काउलीको मूल्य कालीमाटी तरकारी बजारमा किलोकै ७० रूपैयाँ पुगेको छ। सिजनमै पनि आलु किलोको ३० रूपैयाँ पुगेको छ। गोलभेँडा किलोको ६० रूपैयाँ पुगेको छ। कालीमाटीबाट दोस्रो तरकारी बजारमा जाँदा यसको मूल्य झन् झन् बढ्दै जाने गरेको छ । त्यस्तै हाल बजारमा कागती किलोकै ४ सयसम्म पुगेको छ । हाल बजारमा एउटै कागतीको मूल्य ३० रूपैयाँसम्म तिर्न उपभोक्ता बाध्य भएका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति भने हाल ड्राइ सिजन भएकोले पनि केही मूल्य बढेको बताउँछन् । हाल जाडोयाममा तरकारीको सिजन सकिएको र गर्मी यामको तरकारीको सिजन सुरु नभएको हुँदा पनि मूल्य केही बढेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् । कागती तथा फलफूलहरू अधिकांश आयात हुने र हाल भारतमा पनि यसको माग तथा मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको बताउँछन्। हाल कालीमाटीमा दैनिक फलफूल तथा तरकारी गरेर करिब ८ सय टन आउने गरेको श्रेष्ठ बताउँछन्। हाल कालीमाटी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गरेको समिति बताउँछ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago