उपत्यकामा ग्याँस अभाव देखिएको, कसले लुकायो ग्याँस ?

काठमाडौँ: पछिल्लो समय उपत्यकामा ग्याँस अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको बेला उपभोक्ताले सहज रूपमा ग्याँस समेत पाउन छाडेका छन् । ग्याँस लिन जाँदा उपभोक्तालाई बिक्रेताले हाल उद्योगबाट ग्याँस नआएको हुँदा दिन नसकिने जवाफ दिने गरेका छन्। राजधानीका अधिकांश ग्याँस बिक्रेताले हाल ग्याँस नभएको भन्दै उपभोक्ताहरूलाई फिर्ता पठाउने गरेका छन् ।

कतिपय बिक्रेताले बजारमा ग्याँसको अभाव हुन थालेपछि भएका ग्याँस पनि लुकाउने गरेको उपभोक्ताको आरोप छ। ग्याँस उद्योगी गोकुल भण्डारी हाल बजारमा ग्याँस अभाव हुनुमा केही समयअघिको आयल निगम र व्यवसायीहरूको लफडाको असर हाल कारक रहेको बताउँछन्। व्यवसायीहरूले पेट्रोलियम पदार्थ ल्याउन तथा डिलरहरूमा पुर्‍याउन एउटा चक्र बिग्रने बित्तीकै सहज आपूर्तिमा समस्या हुने गरेकाे उनकाे भनाई छ । बजारमा ग्याँस अभाव हुने बित्तिकै उपभोक्ताहरूले ग्याँसको जगेडा गर्ने गर्नाले समेत हाल अभाव देखिएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको हुँदा तथा डलर सञ्चितिको लागि हाल आयात पनि कम भएको हुँदा केही समय समस्या देखिएको र अब एक हप्तामा समस्या समाधान हुने भण्डारी बताउँछन्।

नेपाल आयल निगम प्रवक्ता विनीतमणि उपाध्याय व्यवसायीहरूले चैत ६ देखिको सुरु गरेको आन्दोलनको असर हाल ग्याँसमा देखिएको बताउँछन्। ६ देखि १९ सम्म १३ दिन पेट्रोलियम पदार्थको प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठेका कारण पनि हाल केही कम्पनीहरूको ग्याँस अभाव देखिएको उपाध्याय बताउँछन्। १३ दिन ग्याँस नआएका कारण त्यसकै ग्यापको असर हाल बजारमा देखिएको तथा ग्याँसको आयातका लागि पनि भारतका विभिन्न स्थान जानुपर्ने भएको हुँदा अभाव देखिएको र हप्ता १० दिनमा समस्या समाधान हुने उनको भनाइ छ।

तरकारीमा उच्च मूल्य वृद्धि

ग्याँस अभाव खेपिरहेका नेपाली उपभोक्ता अर्कोतर्फ ग्याँसमा पकाउने तरकारी लगायतको खाद्यवस्तु उच्च मूल्यवृद्धिको मारमा परेका छन्। राजधानी मुख्य तरकारी बजार कालीमाटी, बल्खु लगायतका स्थानमा अधिकांश तरकारी भाउ आकासिएको छ। काउली, गोलभेँडा लगायतका तरकारीको मूल्य बढेको छ । काउलीको मूल्य कालीमाटी तरकारी बजारमा किलोकै ७० रूपैयाँ पुगेको छ। सिजनमै पनि आलु किलोको ३० रूपैयाँ पुगेको छ। गोलभेँडा किलोको ६० रूपैयाँ पुगेको छ। कालीमाटीबाट दोस्रो तरकारी बजारमा जाँदा यसको मूल्य झन् झन् बढ्दै जाने गरेको छ । त्यस्तै हाल बजारमा कागती किलोकै ४ सयसम्म पुगेको छ । हाल बजारमा एउटै कागतीको मूल्य ३० रूपैयाँसम्म तिर्न उपभोक्ता बाध्य भएका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति भने हाल ड्राइ सिजन भएकोले पनि केही मूल्य बढेको बताउँछन् । हाल जाडोयाममा तरकारीको सिजन सकिएको र गर्मी यामको तरकारीको सिजन सुरु नभएको हुँदा पनि मूल्य केही बढेको कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् । कागती तथा फलफूलहरू अधिकांश आयात हुने र हाल भारतमा पनि यसको माग तथा मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा पनि परेको बताउँछन्। हाल कालीमाटीमा दैनिक फलफूल तथा तरकारी गरेर करिब ८ सय टन आउने गरेको श्रेष्ठ बताउँछन्। हाल कालीमाटी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गरेको समिति बताउँछ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago