काठमाडौं: चालु आर्थिक वर्षको शुरुदेखि नै उच्च रुपमा आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । गत असार मसान्तसम्ममा १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी मुद्रा सञ्चिति रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा १६.३ प्रतिशतले घटेर ११ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै छ ।

विलासिताको वस्तुको उच्च आयात हुँदा विदेशी मुद्रा सञ्चिति घट्दै गएको र तरलता अभाव देखिएको भन्दै राष्ट्र बैंकले विभिन्न चरणमा आयातमा कडाइ गर्दै आएको छ । राष्ट्र बैंकले शुरुमा आवश्यकभन्दा बढी आयात भएको भन्दै चाँदी आयातमा कडाइ गरेको थियो । त्यसपछि पुसमा ५ गते २० वटा वस्तुमा प्रतितपत्र (एलसी) मा ५० र १०० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो ।

उक्त निर्णयपछि पनि आयात नघटेपछि माघ २८ गते फेरि थप २७ वटा वस्तुमा ५० र शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको थियो ।

४७ वस्तुको आयातमा नगद मार्जिनको कडाइले पनि आयात कम नभएपछि अहिले राष्ट्र बैंकको निर्देशनमा नेपाल बैंकर्स संघले मौखिक रुपमा एलसी नखोल्ने निर्णय गरेको छ । साथै, संघले थप मोबाइल फोनको आयातमा पनि एलसी नखोल्ने गरिसकेको छ ।

गत कात्तिकदेखि बैंकिङ प्रणालीमा तरलता अभाव देखिन थालेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्दै आएको हो । जसले गर्दा मंसिरदेखि आयातित कर्जा प्रवाहमा निरन्तर गिरावट आएको छ ।

चालु आर्थिक वर्षको शुरुमा उच्च रुपमा आयात कर्जा प्रवाह भएकोमा राष्ट्र बैंकको नीतिले खुम्चिँदै गएको देखिन्छ । जसमा साउनको तुलनामा फागुनसम्म आइपुग्दा ४१ प्रतिशतले कर्जा प्रवाहमा कमी आएको छ ।चालु आर्थिक वर्षको साउन महिनामा

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातका लागि ४८.६७ प्रतिशत बढी कर्जा प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को साउनमा बैंक तथा वित्तीय संस्थाबाट आयातका लागि १ खर्ब ३८ अर्ब ३१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आवको साउन महिनामा आयातका लागि २ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

त्यसैगरी साउनको तुलनामा भदौ महिनामा कर्जा प्रवाह १.१९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब १९ करोड पुगेको थियो ।

भदौको तुलनामा असोज महिनामा यस्तो कर्जा ३.८९ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब २५ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

साथै, असोजको तुलनामा कात्तिक महिनामा कर्जा प्रवाह ३.५७ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड २० लाख रुपैयाँ पुगेको थियो ।

राष्ट्र बैंककाअनुसार मंसिरदेखि भने यस्तो कर्जा प्रवाहमा कमी आएको देखिएको छ । केन्द्रीय बैंकले आयातमा कडाइ गर्न शुरु भएसँगै कर्जा प्रवाहमा पनि कमी आएको देखिन्छ ।

कात्तिकको तुलनामा मंसिर महिनामा यस्तो कर्जा ०.१७ प्रतिशतले घटेर २ खर्ब २२ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको थियो । त्यसैगरी मंसिर महिनाको तुलनामा पुसमा आयातका लागि हुने कर्जा प्रवाह २०.७० प्रतिशत घटेको थियो ।

कन्द्रीय बैंकले गत पुस ५ गते २० वटा वस्तुमा मार्जिनको व्यवस्था गरेको थियो । पुस महिनामा मात्रै १ खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ मात्रै आयात कर्जा प्रवाह भएको छ ।

पुसको तुलनामा माघमा १३.१९ प्रतिशतले कर्जा प्रवाहमा कमी आइ १ खर्ब ५३ अर्ब २१ करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो । साथै, फागुन महिनामा माघ महिनाको तुलनामा यस्तो कर्जा प्रवाह २२.०२ प्रतिशतले घटेर १ खर्ब १९ अर्ब ४८ करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो ।

कर्जा प्रवाह कम भएपनि आयात घटेन
माघ महिनाको तुलनामा फागुन महिनामा आयातमा हुने कर्जा प्रवाह २२ प्रतिशतले घटे पनि आयात भने बढेको छ । माघ महिनामा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएकोमा फागुन महिनामा भने १ खर्ब ६१ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा २ खर्ब ४ अर्ब बढी रकम कर्जा प्रवाह हुँदा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ वस्तु आयात भएको थियो ।

साउनपछि कर्जा प्रवाह बढ्दै गएसँगै आयात पनि बढेको थियो । साउनदेखि मंसिरसम्म हरेक महिना कर्जा र आयात बढे पनि त्यसपछि कर्जा र आयात दुबै घट्न शुरु भएको थियो ।

भन्सार विभागको तथ्याङक अनुसार भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ, असोजमा १ खर्ब ६४ अर्ब रुपैयाँ, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ र मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

मंसिरदेखि भने कर्जा प्रवाहसँगै आयातपनि घटेको देखिन्छ । मंसिरमा कर्जा प्रवाह कम भएसँगै पुसमा १ खर्ब ६० अर्ब ९३ करोडको रुपैयाँको वस्तु आयात भएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago