मापदण्ड परिमार्जनगर्दै मिस नेपालका लागि आवेदन खुला

काठमाडौं: मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो । असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको छ ।
प्रतियोगीको उचाइ १ इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । प्रतियोगीको उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ ।

बढीभन्दा बढी प्रतिस्पर्धीलाई सजिलो होस् भनेर केही नियममा परिवर्तन गरेका हौं,’ हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । उनका अनुसार मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिइएको छ । अध्यक्ष राजकर्णिकारले केही प्राविधिक कारणले सुप्रान्यासनल टाइटललाई हटाउनुपरेको बताए । यसपटक सातै प्रदेशमा अडिसन लिइने भएको छ । वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।

राजकर्णिकारले सबै जात, धर्म र सम्प्रदायका युवतीले मिस नेपालमा भाग लिन सक्ने बताउँदै कुनै पैसा नलाग्ने बताए । ‘मिस नेपाल निःशुल्क हुनेछ । कुनै शुल्क लाग्नेछैन,’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा भाग लिनु आफ्नो जीवनको महत्वपूर्ण क्षण भएको अनुभव सुनाइन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago