काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालका लागि मेयर नमागेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाई नै उठाउनुपर्ने दाबी आफूहरूले नगरेको बताएका हुन् ।
‘रेणुलाई भरतपुर चाहियो‚ नभए हुन्न भन्ने कुरामा सत्यता छैन,’ उनले भने, ‘हामीले केवल जित्न सजिलो हुने स्थान हेरेर बाँडफाँट गरौं भनेका हौं । त्यसमा कांग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ । तर केहीलाई त्यस्तो लागेको छैन ।’
उनले ६ वटा महानगरपालिकामध्ये ३ वटा कांग्रेसले लिओस् र बाँकी तीनवटा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादीबीच भागबन्डा हुने गरेर गठबन्धन भित्र सहमति हुन लागेको उनले दाबी गरे ।
अध्यक्ष दाहालले आफूहरुलाई जनुसुकै नगरपालिका भए पनि हुने र भरतपुर नै चाहियो भनेर अडान नलिएको बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…