सडक सबैका लागि सधैँ सुरक्षित हुनुपर्छ

काठमाडौं: सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै ,सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु शनिबार फरक भुमिकामा देखिए ।

शनिबार ट्राफिकका प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मकाे एकहुल काठमाडौंको कलंकी, सातदोबाटो,कोटेश्वर र गाैशालाका ट्राफिक कर्मचारीहरू उपत्यकाको विभिन्न स्थानमा सरसफाइ अभियानमा निस्किए । बिदाको दिनलाई सदुपयोग गरेर ट्राफिक महाशाखाले सरसफाइ कार्यक्रम आयोजना गरेको महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले बताए।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा राखिएका डिभाइडरहरू पखाल्ने तथा सडक सरसफाइ अभियान चलाएको छ । धुलोका कारण सडकमा राखिएका डिभाइडरहरू मैलो देखिएको र रातको समयमा चम्किलो नहुने हुँदा दुर्घटना बढेको भन्दै डिभाइरलाई सफा र चम्किलो बनाइराख्नको लागि अभियान सुरु गरेको ट्राफिक एसएसपी उमेश राज जोशीले बताए ।

एसएसपी उमेश राज जोशीका अनुसार ‘सडक सबैका लागि सधैँ सुरक्षित हुनुपर्छ, सुरक्षाको लागि कुुनै पनि कसर बाँकी राख्न हुँदैन त्यही भएर डिभाइडर सफाइलाई अभियानकै रूपमा सञ्चालन गरेका हौँ’, यसको लागि सबै ट्राफिक प्रहरीहरूले आफ्नो नजिकको सडकमा रहेका डिभाइडरहरूलाई धोएर रातको समयमा पनि प्रस्टरूपमा देखिने बनाउन निर्देशन दिएको एसएसपी जोशीले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago