बिन्दु पंथी, अर्घाखाँची: अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।
नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।
अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका मन्दिर खिदीम, आलम देवीको मन्दिर(मैदान), सुपा देउराली, छत्र मन्दिर(छत्रगञ्ज), नर्तनाचल पर्वत(नरपानी), परसुरामेश्वर,ऐतिहासिक पौवा(बल्कोट) अर्घाकोट(अर्घा),पाली पन्थीटोलको लाकुरीरूख मा अबस्थित “देविस्थान मन्दिर लाकुरीकोरूख” यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…