काठमाडौँ: बैंकहरूमा तरलता अभावका बाबजुद चालु आर्थिक वर्षको फागुनमा देशभर घरजग्गा कारोबार बढे पनि उपत्यकामा घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यकामा घरजग्गा कारोबार घट्दै गएको हो ।
साउनमा १० हजार १४४ पटक घरजग्गा कारोबार भएको थियो । त्यसपछि क्रमश: घट्दै गएको कारोबारले मंसिरमा गति लिए पनि फेरि घट्दै गएको छ । विभागका अनुसार भदौमा ९ हजार २३१ पटक र असोजमा ९ हजार १२६ पटक घरजग्गा कारोबार भएको हो । तर, कात्तिकमा २ हजार ७०ले घटेर ७ हजार ५६ पटक कारोबार भएको छ । कात्तिकमा घटेको कारोबारले मंसिरमा फेरि गति लिँदा ९ हजार ३७६ पटक घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । त्यसपछि घरजग्गा कारोबार घटेर पुसमा ८ हजार ३८७ पटक, माघमा ८ हजार ५१८ पटक र फागुन ८ हजार ८४९ पटक घरजग्गाको कारोबार भएको विभागले जनाएको छ ।
घरजग्गाको कारोबार घट्दै गएपछि स्वतः राजश्व पनि घट्दै गएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपत्यकाबाट सरकारले २३ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागका अनुसार साउनमा ३ अर्ब २८ करोड ८१ लाख, भदौमा ३ अर्ब ६२ करोड ८८ लाख, असोजमा ३ अर्ब १७ करोड ५० लाख, कात्तिकमा २ अर्ब ३५ करोड ५२ लाख, मंसिरमा ३ अर्ब ७ करोड ९४ लाख, पुसमा २ अर्ब ९८ करोड ४४ लाख, माघमा २ अर्ब ३६ करोड २९ लाख र फागुनमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ उठाएको हो ।उपत्यकाका तीन जिल्लामा ९ वटा भूमि सुधार तथा मालपोत कार्यालयबाट घरजग्गा कारोबार हुँदै आएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…