जग्गा सस्तियो उत्पत्यकामा

काठमाडौँ: बैंकहरूमा तरलता अभावका बाबजुद चालु आर्थिक वर्षको फागुनमा देशभर घरजग्गा कारोबार बढे पनि उपत्यकामा घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार उपत्यकामा घरजग्गा कारोबार घट्दै गएको हो ।

साउनमा १० हजार १४४ पटक घरजग्गा कारोबार भएको थियो । त्यसपछि क्रमश: घट्दै गएको कारोबारले मंसिरमा गति लिए पनि फेरि घट्दै गएको छ । विभागका अनुसार भदौमा ९ हजार २३१ पटक र असोजमा ९ हजार १२६ पटक घरजग्गा कारोबार भएको हो । तर, कात्तिकमा २ हजार ७०ले घटेर ७ हजार ५६ पटक कारोबार भएको छ । कात्तिकमा घटेको कारोबारले मंसिरमा फेरि गति लिँदा ९ हजार ३७६ पटक घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । त्यसपछि घरजग्गा कारोबार घटेर पुसमा ८ हजार ३८७ पटक, माघमा ८ हजार ५१८ पटक र फागुन ८ हजार ८४९ पटक घरजग्गाको कारोबार भएको विभागले जनाएको छ ।
घरजग्गाको कारोबार घट्दै गएपछि स्वतः राजश्व पनि घट्दै गएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उपत्यकाबाट सरकारले २३ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागका अनुसार साउनमा ३ अर्ब २८ करोड ८१ लाख, भदौमा ३ अर्ब ६२ करोड ८८ लाख, असोजमा ३ अर्ब १७ करोड ५० लाख, कात्तिकमा २ अर्ब ३५ करोड ५२ लाख, मंसिरमा ३ अर्ब ७ करोड ९४ लाख, पुसमा २ अर्ब ९८ करोड ४४ लाख, माघमा २ अर्ब ३६ करोड २९ लाख र फागुनमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ उठाएको हो ।उपत्यकाका तीन जिल्लामा ९ वटा भूमि सुधार तथा मालपोत कार्यालयबाट घरजग्गा कारोबार हुँदै आएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago