युक्रेनमाथि भइरहेको सैन्य आक्रमणपछि रुसको विरुद्ध समर्थन जुटाउन कोसिस गरिरहेको अमेरिकासँग चीनले ताइवानको मुद्दा छेडेको छ।
शुक्रबार चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच कुराकानी भएको थियो। यो समयमा चिनियाँ राष्ट्रपति सीले बाइडेनसँग ताइवानको मुद्दामा कुनै चुक भएमा चीन–अमेरिका सम्बन्धमा पनि नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका हुन्।
रोयटर्सका अनुसार चिनियाँ सञ्चारमाध्यमले यसबारेमा उल्लेख गरेकाे छ। चीनले ताइवानलाई आफ्नाे प्रान्त मान्दै आएको छ। चीनलाई ताइवान पुन: चीनको हिस्सा बन्ने विश्वास छ।
चीनले ताइवानलाई बलपूर्वक फिर्ता लिन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा रहेको उल्लेख गरेको छ।
सी जिनपिङले कुराकानीका क्रममा बाइडेनलाई भने, ‘अमेरिकाका केही मानिस ताइवान स्वतन्त्रता समर्थकलाई गलत संकेत दिइरहेका छन्।यो धेरै खतरनाक छ। यदि ताइवान मुद्दा ठीकसँग सम्हालिएन भने यसले दुवै देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्नेछ।’
उता ह्वाइट हाउसबाट जारी गरिएको विज्ञप्तिमा ताइवानलाई लिएर अमेरिकाको कुनै पनि नीति नबदलिएको जनाइएको छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…