सीले बाइडेनलाई भने – ताइवानमा केही भयो भने सम्बन्धमा असर पर्न सक्छ

युक्रेनमाथि भइरहेको सैन्य आक्रमणपछि रुसको विरुद्ध समर्थन जुटाउन कोसिस गरिरहेको अमेरिकासँग चीनले ताइवानको मुद्दा छेडेको छ।

शुक्रबार चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच कुराकानी भएको थियो। यो समयमा चिनियाँ राष्ट्रपति सीले बाइडेनसँग ताइवानको मुद्दामा कुनै चुक भएमा चीन–अमेरिका सम्बन्धमा पनि नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका हुन्।

रोयटर्सका अनुसार चिनियाँ सञ्चारमाध्यमले यसबारेमा उल्लेख गरेकाे छ। चीनले ताइवानलाई आफ्नाे प्रान्त मान्दै आएको छ। चीनलाई ताइवान पुन: चीनको हिस्सा बन्ने विश्वास छ।

चीनले ताइवानलाई बलपूर्वक फिर्ता लिन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा रहेको उल्लेख गरेको छ।

सी जिनपिङले कुराकानीका क्रममा बाइडेनलाई भने, ‘अमेरिकाका केही मानिस ताइवान स्वतन्त्रता समर्थकलाई गलत संकेत दिइरहेका छन्।यो धेरै खतरनाक छ। यदि ताइवान मुद्दा ठीकसँग सम्हालिएन भने यसले दुवै देशबीचको सम्बन्धमा नकारात्मक प्रभाव पर्नेछ।’

उता ह्वाइट हाउसबाट जारी गरिएको विज्ञप्तिमा ताइवानलाई लिएर अमेरिकाको कुनै पनि नीति नबदलिएको जनाइएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago