बिहानै करी पत्ता सेवन गर्नुका फाइदाहरु

विभिन्न अध्ययनले करी पत्ता खाँदा करी पत्तामा भिटामिन ए, बी, सी र बी २ पाइने उल्लेख गरिएको छ । खानेकुरालाई स्वादिष्ट बनाउन करी पत्ताको प्रयोग गर्ने गरिन्छ । केही खानेकुराहरु यसको पातको प्रयोगविना स्वादवीहिन बन्छन् । खानेकुराको स्वाद बढाउने करी पत्ता स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक छ । यसको सेवन बिहान खाली पेटमा गर्दा यसले झन् धेरै फाइदा गर्छ । पेटसम्बन्धी हरेक रोगको समाधानका लागि करी पत्ताको सेवन गर्न आवश्यक छ । यसको सेवनले तौल नियन्त्रण हुने, मधुमेह जस्ता रोगको पनि नियन्त्रण हुने गर्छ । यसका साथै, छाला, आँखा र रगतलाई स्वस्थ राख्न पनि यसको सेवन गर्न आवश्यक छ ।

स्मरणशक्ति कमजोर भएमा 
विभिन्न अध्ययनले करी पत्ता खाँदा भुल्ने समस्याबाट बच्न सकिन्छ । साना साना कुराहरु भुल्ने समस्या छ भने करी पत्ता खान सुरु गर्नुहोस् । यसले स्मरणशक्तिमा आउने समस्या हराउँदै जान्छ ।

तौल कम गर्न मद्दत गर्छ
करी पत्तामा कार्बालोज एल्कलोइड नामक तत्व पाइन्छ । यसलाई थुप्रै औषधिहरुमा प्रयोग गरिन्छ । यसले तौल बढ्न दिँदैन । र, तौल बढी भएमा विस्तारै विस्तारै कम हुँदै जान्छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन र तौल नियन्त्रण गर्छ ।

पेटका लागि 
बिहान खाली पेटमा करी पत्ता खाँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ । पेटसम्बन्धी समस्यामा करी पत्ताले रामवाण जस्तै काम गर्छ । पेटमा कुनै समस्या भएमा मोहीमा सुकाएको करी पत्ताको पात पिसेर हाल्ने र पिउने गर्दा समाधान हुन्छ ।

आँखाको ज्योती बढाउँछ 
करी पत्तामा भिटामिन एको मात्रा भरपुर हुन्छ । यसको सेवनले आँखाको रोशनी तेज हुन्छ । आँखामा भएको मोतियाँबिन्दु पनि यसको सेवनले कम हुन्छ ।

कपाल
करी पत्ताको सेवनले कपालमा हेयर फोलिकल्समा सुधार आउँछ । यसले कपाल उमार्ने काम गर्छ । र, कपाल फुल्ने समस्याबाट पनि बचाउँछ ।

मधुमेहबाट छुटकारा 
करी पत्ताले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मात्र होइन यसले प्यानक्रियाजमा इन्सुलिन बनाउने कोशिकाहरुलाई पनि बचाउँछ । यसमा कपर, आइरन, जिंक जस्ता तत्वहरु पाइने भएकाले मधुमेहका बिरामीले बिहान खाली पेटमा यसको सेवन गर्नुपर्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago