बिहानै करी पत्ता सेवन गर्नुका फाइदाहरु

विभिन्न अध्ययनले करी पत्ता खाँदा करी पत्तामा भिटामिन ए, बी, सी र बी २ पाइने उल्लेख गरिएको छ । खानेकुरालाई स्वादिष्ट बनाउन करी पत्ताको प्रयोग गर्ने गरिन्छ । केही खानेकुराहरु यसको पातको प्रयोगविना स्वादवीहिन बन्छन् । खानेकुराको स्वाद बढाउने करी पत्ता स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक छ । यसको सेवन बिहान खाली पेटमा गर्दा यसले झन् धेरै फाइदा गर्छ । पेटसम्बन्धी हरेक रोगको समाधानका लागि करी पत्ताको सेवन गर्न आवश्यक छ । यसको सेवनले तौल नियन्त्रण हुने, मधुमेह जस्ता रोगको पनि नियन्त्रण हुने गर्छ । यसका साथै, छाला, आँखा र रगतलाई स्वस्थ राख्न पनि यसको सेवन गर्न आवश्यक छ ।

स्मरणशक्ति कमजोर भएमा 
विभिन्न अध्ययनले करी पत्ता खाँदा भुल्ने समस्याबाट बच्न सकिन्छ । साना साना कुराहरु भुल्ने समस्या छ भने करी पत्ता खान सुरु गर्नुहोस् । यसले स्मरणशक्तिमा आउने समस्या हराउँदै जान्छ ।

तौल कम गर्न मद्दत गर्छ
करी पत्तामा कार्बालोज एल्कलोइड नामक तत्व पाइन्छ । यसलाई थुप्रै औषधिहरुमा प्रयोग गरिन्छ । यसले तौल बढ्न दिँदैन । र, तौल बढी भएमा विस्तारै विस्तारै कम हुँदै जान्छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन र तौल नियन्त्रण गर्छ ।

पेटका लागि 
बिहान खाली पेटमा करी पत्ता खाँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ । पेटसम्बन्धी समस्यामा करी पत्ताले रामवाण जस्तै काम गर्छ । पेटमा कुनै समस्या भएमा मोहीमा सुकाएको करी पत्ताको पात पिसेर हाल्ने र पिउने गर्दा समाधान हुन्छ ।

आँखाको ज्योती बढाउँछ 
करी पत्तामा भिटामिन एको मात्रा भरपुर हुन्छ । यसको सेवनले आँखाको रोशनी तेज हुन्छ । आँखामा भएको मोतियाँबिन्दु पनि यसको सेवनले कम हुन्छ ।

कपाल
करी पत्ताको सेवनले कपालमा हेयर फोलिकल्समा सुधार आउँछ । यसले कपाल उमार्ने काम गर्छ । र, कपाल फुल्ने समस्याबाट पनि बचाउँछ ।

मधुमेहबाट छुटकारा 
करी पत्ताले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मात्र होइन यसले प्यानक्रियाजमा इन्सुलिन बनाउने कोशिकाहरुलाई पनि बचाउँछ । यसमा कपर, आइरन, जिंक जस्ता तत्वहरु पाइने भएकाले मधुमेहका बिरामीले बिहान खाली पेटमा यसको सेवन गर्नुपर्छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago