काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि पहिलोपटक अमेरिकी सेनाको जहाज काठमाडौंमा ओर्लिएपछि सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ । शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयरफोर्सको जहाज काठमाडौं आएको बताए ।
विमान शुक्रबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो । यो विमानमा कूटनीतिज्ञसहित सामानहरु पनि भएको स्रोतले जानकारी दिएको छ । अमेरिकाबाट उडेपछि यो विमान पहिले थाइल्याण्डको बैंकक गएर त्यहाँबाट काठमाडौं आएको हो । उक्त विमानले कूटनैतिक प्रयोजनका सामान लिएर आएको बताइएको छ ।
विमानले १२०० किलोग्राम बराबर ३३ वटा प्याकेजहरु लिएर आएको थियो । ती सामानहरु नेपालस्थित अमेरिकी दुतावासका प्रतिनिधिले बुझिलगेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…