नतिजा फेरबदल गर्ने ९ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको जानकारी दिएका छन् ।
‘मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरूमध्ये १६६ जना परीक्षार्थीहरूको विद्युतीय सवारी चालक अनुमतिपत्र दर्ता प्रणालीमा परिणाम अध्यावधिक तथा प्रमाणित गर्ने क्रममा पास गरे गराएको तथा दुई जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरूलाई परिणाम अपडेट गर्दा फेल गराई जम्मा १६८ जना परीक्षार्थीहरूको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको,’ विज्ञप्तिमा उल्लेख छ, ‘ट्रायल परीक्षामा खटिने निरीक्षकहरूले हस्ताक्षरसहित पेस गरेको नतिजा सूची ट्रायल परीक्षण सेड्युल रिपोर्ट उपलब्ध गराई सोही नतिजाका आधारमा ट्रायल टेस्ट अपडेट र प्रमाणित हुनुपर्नेमा सो विपरीत हुनेगरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरूलाई पास र पास भएका परीक्षार्थीहरू फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गर्दासमेत निज निमित्त कार्यालय प्रमुख समेतले संलग्न कर्मचारीलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको ।’

अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल भ्रष्टाचारमा संलग्न रहेको भन्दै आरोपपत्र दायर गरे्को हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago