अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग

काबुल: अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेकी छन् ।

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएका मध्ये उनी तेस्रो राजदूत हुन् ।

वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनै पनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उनले जिम्मेवारी त्यागेकी हुन् ।

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्य बहाक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिए ।

“अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,” उनले भने।

पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेबारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago