हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

काठमाडौं: श्रीमान‍्को हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेलुका ६ गढवा गाउँपालिका-२ कोठरीको राप्ती नदीमा चौधरीको शव फेला पारेको थियो ।

घटना शङ्कास्पद रहेभन्दै प्रहरीले उमादेवीलाई सोधपुछ गर्दा मसुरियाका हनुमान चौधरीसँग अवैध प्रेम सम्बन्ध रहेको भन्दै श्रीमान‍्ले बेइज्जत गरेकाले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हनुमानले माघ २९ गते राति लप्टेनको घरमा आएर उनलाई मुड्कीले हानेर घाँटी च्यापेर हत्या गरेको र मृत शरीर बोकेर राप्ती नदीमा फालेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago