मन्त्री आले गरे गौतमबुद्ध विमानस्थलको निरीक्षण

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेशन) उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल क्षेत्रको अवलोकन गरेका छन्।

फाइल फोटो

शनिबार विमानस्थलको निरीक्षणपछि मन्त्री आलेले यान्त्रिक परीक्षणपछि नेपाल एयरलायन्सको ध्वजावाहक विमानबाट पहिलो परीक्षण गरिने बताए। ‘क्यालिब्रेशन फ्लाइट सम्पन्‍न गरिसकेपछि १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं,’ मन्त्री आलेले पत्रकारहरुसँग भने। मन्त्री आलेले टेष्ट फ्लाइटपछि मात्रै विमानस्थल उदघाटन गरिने बताए।

उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को रुपमा शुभारम्भ गरिने बताए। यसअघि मन्त्री आलेले बुद्धजयन्ती अगावै अन्र्तराष्ट्रिय उडान गर्ने गरी काम गर्न निर्देशन दिएका थिए। शुक्रबारबाट सुरु भएको क्यालिब्रेशन फलाईटले उत्साही बनाएको मन्त्री आलेले बताए।

उनले निर्धारित समयमै क्यालिब्रेशन भएकाले ५६ दिनको रिर्पोटलगत्तै अन्र्तराष्ट्रिय उडान हुने मन्त्री आलेको विश्वास छ। बुद्ध जयन्तीमा विभिन्‍न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनको भनाइ छ।

विमानस्थलमा हवाइ अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले त्यसले पार्ने प्राविधिक समस्या समाधानका लागि आफूले भारतको उडड्यनमन्त्रीसँग भेटेर सहयोगका लागि अनुरोध गरेको बताए।

एरो थाईको विशेष जहाजले शुक्रबारबाट प्राविधिक परीक्षण उडान सुरु गरेको हो। विशेष विमानले भर्खर निर्माण सम्पन्‍न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेश गर्नेछ। एरो थाईले शुक्रबारदेखि शुरु गर्ने क्यालिब्रेशन आगामी फागुन १५ गतेसम्म जारी राख्‍ने छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago