मन्त्री आले गरे गौतमबुद्ध विमानस्थलको निरीक्षण

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेशन) उडान सुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल क्षेत्रको अवलोकन गरेका छन्।

फाइल फोटो

शनिबार विमानस्थलको निरीक्षणपछि मन्त्री आलेले यान्त्रिक परीक्षणपछि नेपाल एयरलायन्सको ध्वजावाहक विमानबाट पहिलो परीक्षण गरिने बताए। ‘क्यालिब्रेशन फ्लाइट सम्पन्‍न गरिसकेपछि १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्नेछौं,’ मन्त्री आलेले पत्रकारहरुसँग भने। मन्त्री आलेले टेष्ट फ्लाइटपछि मात्रै विमानस्थल उदघाटन गरिने बताए।

उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को रुपमा शुभारम्भ गरिने बताए। यसअघि मन्त्री आलेले बुद्धजयन्ती अगावै अन्र्तराष्ट्रिय उडान गर्ने गरी काम गर्न निर्देशन दिएका थिए। शुक्रबारबाट सुरु भएको क्यालिब्रेशन फलाईटले उत्साही बनाएको मन्त्री आलेले बताए।

उनले निर्धारित समयमै क्यालिब्रेशन भएकाले ५६ दिनको रिर्पोटलगत्तै अन्र्तराष्ट्रिय उडान हुने मन्त्री आलेको विश्वास छ। बुद्ध जयन्तीमा विभिन्‍न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनको भनाइ छ।

विमानस्थलमा हवाइ अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले त्यसले पार्ने प्राविधिक समस्या समाधानका लागि आफूले भारतको उडड्यनमन्त्रीसँग भेटेर सहयोगका लागि अनुरोध गरेको बताए।

एरो थाईको विशेष जहाजले शुक्रबारबाट प्राविधिक परीक्षण उडान सुरु गरेको हो। विशेष विमानले भर्खर निर्माण सम्पन्‍न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरी विमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेश गर्नेछ। एरो थाईले शुक्रबारदेखि शुरु गर्ने क्यालिब्रेशन आगामी फागुन १५ गतेसम्म जारी राख्‍ने छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago